खजुराको जनता दुग्ध उत्पादक सहकारीले मनायो २७ औं साधाणसभा


  • 75
    Shares

बाँकेको खजुरामा रहेको जनता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आफ्नो २७ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।


संस्थाका अध्यक्ष टेक बहादुर कार्कीको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि  खजुरा गाउँ पालिकाका प्रमूख किस्मत कुमार कक्षपतिले किसानको विकासले नै समृद्धिको पाइला चाल्न सकिने बताएका थिए । प्रमुख कक्षपतिले खजुरा गाउँ पालिकाका किसानलाई सक्षम बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको बताए ।


जनता दुग्ध उत्पादक सहकारीले किसानको उत्पादनलाई सहजै रुपमा बजारसम्म पुगाउन  महत्त्वपूर्ण भूमिका खेलेको भन्दै यो कार्यलाई निरन्तता दिई थप किसानलाई सेवा प्रदान गर्न अनुरोध गरे ।  सस्थाले किसानहरुलाई हरेक वर्ष बोनस समेत प्रदान गर्दै आएको भन्दै प्रशंसा व्यक्त गरेका थिए ।

साथै स्थानीय तह बाट यस बर्ष जनता दुग्ध सहकारीका लागि   उत्पादित बस्तुको बजारिकारणका लागि ५०प्रतिशत लागत साझेदारीमा कार्यक्रम संचालन गरिने प्रतिबद्धता जनाए । 

किसानलाई पसुपालन तथा दुग्ध उत्पादनगरि पालिकाको आयस्तर वृद्धिका लागि सदैब आफू सकारात्मक रहँदै सहयोग गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *