कुखुरा पालन तथा ह्याचरि ब्यबस्थापन तालिम सुरु


  • 780
    Shares

खजुरा : बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्ममा ग्रामिण कुखुरा पालन तथा ह्याचरि ब्यबस्थापन तालिम सुरु भएको छ । ७ दिन सम्म संचालन हुने तालिममा लुम्बिनी प्रदेशका व्यवसायिक तथा ग्रामिण किसानहरुको सहभागिता रहेको छ ।

कुखुरा विकास फार्म खजुराका प्रवन्धक डा. शंकर न्यौपानेको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा पशु सेवा तालिम केन्द्र नेपालगन्जका प्रमुख डा. टेकनाथ आचार्यले लिन लागेको तालिमलाई ध्यान पुर्वक लिएर त्यसको सहि सदुपयोग गर्न अनुरोध गर्नुभयो । डा. आचार्यले सिप सिकाईले उत्पादनतर्फ लैजान मद्धत गर्ने भएकाले अब किसान व्यवसायिक बन्न पर्नेमा जोड दिनुभयो । कुखुरा पालन बाटै ग्रामिण किसानहरुले जिविको चलाउन सक्ने भएकाले यसतर्फ आर्कषण बढ्दै गएको छ ।

किसानलाई कुखुरा पालनका साथै ह्याचरी व्यवस्थापन सम्बन्धि सिप सिकाईने भएकाले तालिम लिन आउनेहरु व्यवसायिक बन्नेमा ढुक्क रहेको कुखुरा विकास फार्म खजुराका फार्म प्रवन्धक डा. न्यौपानेले उल्लेख गर्नुभयो । पहिलो चरणमा लुम्बिनि प्रदेशका ६ जिल्लाका ६ जना किसानको सहभागिता रहेको छ ।

तालिम लिन आएका स्थानिय तथा ग्रामिण कुखुरा पालन गर्ने किसानहरुलाई सक्षम बनाएर पठाइने फार्मले जनाएको छ । बाहिरी श्रोत केन्द्र स्थापना तथा स्वरोजगार कार्यक्रम अन्तरर्गत कुखुरा विकास फार्मले तालिम दिन सुरु गरेको हो । तालिम दिईसकेपछि किसानहरुलाई व्यवसायिक बनाउन फार्मले सामान्य सहयोग स्वरुप चल्ला तथा माउ पनि उपलव्ध गराउने भएको छ । तालिममा सहभागिहरुलाई व्यवसायिक सिप प्रदान गरी कुखुरा पालन गर्न सक्षम बनाईने फार्म प्रवन्धक डा. न्यौपानेले बताउनुभयो ।

कुखुरा बिकास फार्मले दिने सेवालाई थप बिस्तार र सहज गराउने उदेश्यका साथ तालिम संचालन गरिएको र स्थानिय तथा ग्रामिण कुखुराहरुको श्रोत केन्द्र स्थापन हुनेमा फार्मले बिश्वास लिएको फार्म प्रवन्धक डा. न्यौपानेले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *