किसानलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण


  • 258
    Shares

राप्ती सोनारी (बाँके) : बाँकेको राप्ती सोनारि गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा च्याउको बिउ बितरण गरेको छ ।

भाद्र महिनाको अन्तिमतिर बाट बितरण सुरु गरेको कृषि शाखाले दुई पटक गरी किसानलाई च्याउको बितरण गर्ने जनाएको छ । च्याउको सीजन भएकाले पनि किसानहरूले बीउको माग धेरै गरेको कृषि शाखाका प्रमुख चन्द्रा कुमारी शाहीले जानकारी दिनुभयो ।

शाखाले खरिद गरी ल्याएको च्याउको बिउलाई ५० प्रतिशत अनुदान दिएर किसानलाई दिने गरिएको उहाँले बताउनुभयो । अहिले पहिलो चरणको बितरण कार्य गरिएको र दोस्रो चरणको पुस माघको समयमा किसानलाई दिने योजना रहेको उल्लेख गर्नुभयो ।

४ सय ग्रामका बिउ बितरण गरिरहेको गाउँ पालिकाले ८ हजार पोका वितरण गर्ने जनाएको छ । जसको लागि ५ लाख बजेट विनियोजन भएको गाउँ पालिकाले जानकारी दिएको छ ।

किसानको मागलाई मध्यजर गर्दै पलिकाले बिउ बिजन उपलब्ध गराउने काम गर्दै आएको कृषि शाखाले जनाएको छ । च्याउ खेतीमा लागि सीजन सुरु भइसकेकाले यो सिजनमा किसानले राम्रै उत्पादन गरेर आम्दानी गर्नमा विश्वस्त रहेको गाउँ पालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *