किसानलाई प्राविधिक शीप सिकाईने


  • 434
    Shares

नेपालगन्ज : लुम्बिनी प्रदेशका १२ जिल्लामा पशुसेवा तर्फ विभिन्न तालिम सञ्चालन गर्दै आएको पशुसेवा तालिम केन्द्रले आफ्नो बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत रहेको तालिम केन्द्रले एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७८÷०७९ मा स्वीकृत कार्यक्रमको सार्बजनिक गरेको हो । तालिम केन्द्रले कुल २ करोड ८५ लाख १४ हजार खर्च गर्ने गरी बार्षिक कार्यतालिका बुधबार सार्बजनिक गरेको छ ।

पशु सेवा तालिम केन्द्रका प्रमुख तथा बरिष्ठ तालिम अधिकृत टेकनाथ आचार्यको अध्यक्षतामा गरिएको कार्यक्रम सार्बजनिक कार्यक्रममा बोल्दै भगवती दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष इन्द्र प्रसाद लुइँटेलले किसानलाई सक्षम बनाउन तालिम आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका लुइँटेलले किसानलाई विज्ञ बनाउन जरुरी रहेको भन्दै १२ जिल्लाका किसानलाई तालिम दिन आवश्यक बजेटको मात्रा भने कम देखिएको उल्लेख गर्नुभयो । लुईटेलले किसानलाई प्राविधिक शीप सिकाउन अति आवश्यक भएकोले यसतर्फ तालिम केन्द्रले विशेष ध्यान दिन पर्नेमा जोड दिनुभयो ।

तालिम केन्द्रले चालू आर्थिक वर्षमा वस्तुगत टेवा सहितका व्यावसायिक बंगुर, बाख्रा, कुखुरा, गाई, भैंसी पालन तालिम, सघन मत्स्य पालन तालिम, पशु प्रजनन कृतिम गर्भाधान, व्यवहारिक कुखुरा पालन, व्यावसायीक पशु पालन तालिम दिने गरी योजना बनाएको छ । केन्द्रले हरित स्वयंम सेवकहरूको लागि टोट तालिम संचालन गर्नेछ । किसान सँगै तालिम केन्द्रले प्राविधिकहरुलाई समेत दक्ष बनाउन अधिकृत स्तरका तालिम सञ्चालन गर्ने सार्बजनिक कार्यक्रममा जानकारी गराईएको थियो ।

पशु सेवा तालिम केन्द्रले बार्षिक कार्यक्रमको सार्वजानिक गरे सँगै तालिम प्रदान गर्ने कार्यलाई तिव्रता दिइने जनाएको छ । किसानलाई प्राविधिक शीप सिकाएर व्यवसाय गर्न सहज बाताबरण सिर्जना गरिने तालिम केन्द्रले उल्लेख गरेको छ । चालू आर्थिक वर्षमा ढिला गरी कार्यक्रम स्विकृत भएकाले सम्पूर्ण कार्यक्रम सक्न केही कठिनाई हुने भएपनि गत आ. ब. भन्दा धेरै प्रगति गर्न सकिनेमा विश्वास जागेको कार्यालयका मत्स्य बिकास अधिकृत रामकेश यादवले जानकारी दिनुभयो । यस पटक कुनै महामारी नआए समयमै तालिमका कार्यक्रम सकिने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *