तरकारी खरिदका लागि आएका ब्यापारि लुटिए


  • 63
    Shares

सल्यान : सल्यानमा तरकारी खरिदका लागि आएका ब्यापारि लुटिएका छन् । सोमबार जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर १ को कालापात्लाको जंगलमा चार पाँच जनाको अपरिचित समूहले खुकुरि देखाएर ब्यापारिबाट नगद ३ लाख रुपैयाँ लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

नेपालगञ्ज बाकेबाट तरकारी खरिद गर्न आएका सेराज हलवाईबाट लुटेराहरुको समूहले दिनदहाडै लुटपाट गरेका हुन् । रा १ ख २३९१ नम्बरको मिनि ट्रकमा तरकारी खरिदका लागि ब्यापारि हलुवाई आएका थिए । 

लुटेराहरुको समूहले सोमबार विहान साढे ११ बजेतीरको समयमा गाडी रोकेर सामान्य तोडफोड गरी खुकुरी देखाएर तर्साउदै नगद ३ लाख लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी इन्स्पेक्टर अर्जुन पौडेलले जनाए । मिनि ट्रकमा ब्यापारि र चालक तथा लेवर सहित चार जना थिए । 

मुख छोपेर आएका लुटेराहरुले गाडीको चाबी समेत खोसेर लगेका छन् भने गाडीका कागजात च्यातिदिएका छन् । रकम लुटेर उनीहरु रोल्पातीर भागेको व्यापारिले जनाए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । तिखो खबर बाट साभार गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *