बर्दियामा बाढीले धान बगाउँदै, हरित स्वयम सेवक उद्धारमा खटिए


बर्दिया : राजापुर क्षेत्र बाढीका कारण डुबानमा छ । धानको उत्पादन धेरै हुने स्थान राजापुर क्षेत्र डुबानमा  हुँदा काटेका, काट्न बाकी सबै धानमा क्षति पुगेको छ । राजापुर नगरपालिका  ३ चखापुर स्थित हरित स्वयम सेवक र  कृषिका कर्मचारीहरु   बिहानै देखि उद्धारमा खटिएका छन् ।


बिजोक अवस्था छ । पानी धेरै परेकाले राखेका धान पनि उम्रिन थालेका छन् ।  यस्तो स्थिति पहिलो पटक भोग्न परेको किसानहरू बताउँछन् । एकिकृत कृषि तथा पशुपक्षी विकास कार्यालयको अगुवाईमा खटिएका हरित स्वयम सेवक, कर्मचारी गरी करिब  ३० जना  खेतमा डुबानमा परेका धानलाई आली तथा पानी नजम्ने स्थानमा  राख्न खटिएका छन् ।

तत्कालका लागि उद्धार गर्न, धान क्षति न्यूनिकरण र तथ्याङ्ग संकलन कार्यका लागि राजापुर क्षेत्रमा टोली खटिएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमूख विनोद घिमिरेले जानकारी दिनुभयो ।  माग भए अनुसार तथा आवश्यक परेको खण्डमा जिल्लाभरी नै परिचालन गरिने उहाँले बताउनु भयो ।

बिहान देखि स्थानीय राममणि उपाध्याय लगायतको  खेतमा उद्दार कार्य गरिरहेको हरित स्वयम सेवक समितिका  संयोजक प्रेम प्रसाद लामिछानेले किसान आवाजलाई  जानकारी दिनुभयो ।  संयोजक लामिछानेले  अधिकांश क्षेत्र डुबानमा रहेकाले उद्धार गर्न कठिनाई भएको उल्लेख गर्नुभयो । खान योग्य धान बचाउन नसकिने अवस्था रहेको भए पनि दानाको लागि प्रयोग गर्न सकिने हुँदा उद्धार कार्यलाई जारी राखेको बताउनुभयो ।

राजापुर -३ मा एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय ,हरित स्वयंसेवक सन्जाल  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जोन संचालक समिति ,कृषि तथा पशु सेवा शाखा राजापुर लगाएतको टिमले  डुबानमा परेको धान निकालिरहेका छन्।

उद्धार कार्यका केही तस्बिरहरु :

Leave a Reply

Your email address will not be published.