बाढीमा फसेका चार जना किसानको उद्धार


  • 186
    Shares

नेपालगन्ज  : राप्ती नदीको बाढीमा फसेका चार जना किसानको उद्धार गरिएको छ । जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ५ का चार जना किसान सोमबार बेलुका राप्ती नदीको बीच भागमा वन करेली टिप्न भनि गएका बेला फसेका थिए ।

 स्थानीय किसानहरु नदीमा फसेको जानकारी पाएपछि पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आज (मंगलबार)बिहान ८ बजेर ४० मिनेटमा सकुशल उद्धार गरेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

राप्ती नदिमा फसेका डुडुवा गाउँपालिका वडा नम्बर ४ निवासी ५५ वर्षका सोखत नाउ, ४५ वर्षीय सब्बिर खाँ, ३० वर्षका प्रमोद लोनिया र ६० बर्षीय नाजिर खाँको उद्धार गरिएको उनले बताए । राप्तीको बाढीमा फसेका अन्य तीन जना भने सोमबार राती नै पौडी खेलेर नदी तर्न सफल भएको केन्द्रले जनाएको छ ।

अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ । कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापन अनुसार राप्ती नदीको सतह ३ मिटर ४० सेन्टिमिटर पुगेको छ ।

Leave a Reply

Your email address will not be published.