किसान कल सेन्टरमा अनलाइन मार्फत पनि जिज्ञासा लिइने


बाँकेको खजुरामा रहेको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रले किसान कल सेन्टर लाई थप व्यवस्थित बनाउन लागेको छ ।

किसानका गुनासा, समस्या तथा जिज्ञासा समाधान गर्न तालिम केन्द्रले गत वर्ष देखि किसान कल सेन्टर सञ्चालन गर्दै आएको थियो । यस वर्ष पनि किसान कल सेन्टरलाई प्रभाबकारी बनाउन केन्द्रले नयाँ योजना अनुरुप काम गरिरहेको जनाइएको छ ।

तालिम केन्द्रद्वारा संचालित गरिएको किसान कल सेन्टरमा सम्पर्क गर्नका लागि पैसा नलाग्ने टोल फ्रि नं. को व्यवस्था गरिएकोमा अब देखि कार्यालयको वेबसाइटमा रहेको किसान कल सेन्टर(https://abpstc.lumbini.gov.np/kisan_call) प्यानलमा गएर आफ्ना समस्याहरु पठाउन सकिने व्यवस्था पनि थप गरिएको छ ।

Leave a Reply

Your email address will not be published.