सरकारी स्केलमा तलब दिने गरि कृषि फार्ममा जागिर खुल्यो


  • 3.8K
    Shares

नेपालगन्ज : कृषि क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपाल कृषि विकास फार्म प्रालिले सरकारी स्केलमा तलब दिने गरि कर्मचारी माग गरेको छ ।

बाँकेको कोहलपुर र दैलेखको गुँरासेमा कार्यालय रहेको फार्मले नेपाल सरकारले तोकेको स्केल बमोजिम पारिश्रमिक दिने गरि कर्मचारी माग गरेको हो । फार्मले एक सुचना जारी गरि ११ कर्मचारीको माग गरेको हो ।

फार्मले एकाउन्टेट र आई.टी अफिसर एक जना, एक जना ल्याब प्राबिधिक, फिल्ड अफिसर ७ जना, एक जना कार्यालय सहयोगि र एक जना शुरक्षा गार्ड आवश्यक भएपछि सुचना नै निकालेको हो । फार्मका संचालक देवेन्द्र अधिकारीले आफ्नो फार्ममा दक्ष कर्मचारी आवश्यक रहेकोले सुचना निकालेको जनाउनुभयो ।

सरकारले तोके बमोजिमका तलव स्केल दिनेछौ योग्यता पुगेकाले दरखास्त दिन उहाँले आग्रह गर्नुभयो । ५ वर्षको करार अवधि राखेर फार्मले योग्य कर्मचारी माग गरेको हो । फार्मले दरखास्त दिने समय कार्तिक १० गतेसम्मका लागि समय तोकेको छ ।
कर्मचारी माग सम्बन्धि सुचना हेर्नुस ।

1 thought on “सरकारी स्केलमा तलब दिने गरि कृषि फार्ममा जागिर खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *