संसारकै लामो सिङ भएको कीर्तिमानी साँढे


  • 322
    Shares

काठमाडौं। अमेरिकाको अलाबामामा रहेको टेक्सास लंगहर्न जातको साँढे विश्वमै सबैभन्दा लामा सिङ भएको साँढे हो ।

पोन्चो भिया नामक उक्त साँढेका सिङको कूल लम्बाई झण्डै साढे ३ मिटर अर्थात् १० फिट ७.४ इन्च रहेको छ।

यो साँढे सबैभन्दा लामा सिङ भएको जिवित साँढे मात्र होइन धर्तीमा अहिलेसम्मकै लामा सिङ भएको साँढे हो।

https://youtube.com/watch?v=vieDhYDP_HI%3Ffeature%3Doembed

अलबामाको सानो सहर गुडवाटरमा जेरल पोपको परिवारले उक्त साँढे पाल्दै आएको छ। *पोन्चोलाई सन् २०१९ को मे ८ मा गिनिज बुकले आधिकारिकता प्रदान गरेको हो ।

स्मरण रहोस् त्यसअघि अमेरिकाकै टेक्सासमा रहेको सातो नामक साँढे विश्वको सबैभन्दा लामो सिङ भएको साँढेको रुपमा गिनिज बुकमा दर्ज थियो । सातोका सिङको कूल लम्बाई १० फिट ६.३ इन्च रहेको छ ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *