खजुराका किसानलाई घाँसको वीउ वितरण


  • 282
    Shares

खजुरा : बाँकेको खजुरा गाउँपालिका पशु सेवा शाखाले व्यवसायिक पशु पालन गर्ने किसानका लागी उन्नत जातका घाँसको वीउ वितरण सुरु गरेको छ ।

हिउँदे घाँसको वीउ किसानलाई वितरण गर्न सुरु गरेको पशु सेवा शाखाले जनाएको छ । किसानलाई व्यवसायिक बनाउन थप मद्धत पुग्ने गरि आज आइतबार र भोली सोमबार वितरण गरिने पशु सेवा शाखाका पशु स्वास्थ्य प्राविधिक बुद्धि बहादुर थापाले जानकारी दिनुभयो । किसानको माग बमोजिक कोशे तथा बर्षिम घाँसको वीउ वितरण गरिएको हो ।

आर्थिक वर्ष २०७८÷७९ को स्विकृत वार्षिक कार्यक्रम अनुसार हिउँदे घाँसको वीउ वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक थापाले जानकारी दिनुभयो । घाँस वितरणका लागी शाखाले २ लाख ५० हजार बजेट खर्चिएको जानकारी दिएको छ । वीउको मुल्य हरेक वर्ष बढिरहेकोले किसानलाई प्रयाप्त वीउ उपलव्ध गराउन नसकिएको शाखाले जनाएको छ ।

खजुरा गाउँपालिकामा साना, मझौला र ठुला गरि ८० वटा गाई फार्म, ९५ वटा भैसी फार्म तथा १३५ वटा बाख्रा फार्म सन्चालनमा रहेका छन । किसानलाई वितरण गरिने वीउ ८५० केजी ल्याइएको शाखा प्रमुख कर्ण प्रसाद खत्रिले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *