धान तथा गहुँको कारोबार गर्ने गर्छु भनि ठगि गर्ने प्रहरी फन्दामा


  • 37
    Shares

बर्दिया : धान तथा गहुँको कारोबार गर्छु भनि ठगी गर्दै हिड्ने २ जना पक्राउ परेका छन ।

बर्दिया प्रहरीका अनुसार धान तथा गहुँको कारोबार गर्छु भन्ने विश्वास दिलाएर उनिहरुले ठगि गरेका हुन । ३७ लाख ४७ हजार ५ सय ८५ रुपैया ठगी गरि फरार रहेका कैलाली टिकापुर नगरपालिका वडा नं.४ अस्नेरी बस्ने ललित खड्का र बाँके कोहलपुर नगरपालिका वडा नं.३ मदनचोक बस्ने महेश रोकायालाई बर्दिया जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनिहरुलाई पक्राउ गरि थुनामा राखिएको छ । पक्राउ गरी उनीहरुमाथि ठगी सम्बन्धि कसुरमा अनुसन्धान भईरहेको प्रहरीले जानएको छ ।

Leave a Reply

Your email address will not be published.