बार्षिक ११ लाख बढी दुधबाट आम्दानी गर्छन् नन्दलाल


  • 718
    Shares

प्रदिप राजवंशी बर्दिया : गाई पालनबाट आफ्नो परिचय बनाएका बर्दिया मधुबन नगरपालिका ८ शिबनगरका नन्दलाल ओली एक सफल किसान हुन् । किसान नन्दलालले व्यवसायिक रुपमै गाई पालन गरिरहेका छन ।

गाई पालन कै लागी उनले आहारा व्यवस्थापन तर्फ विशेष ध्यान दिदै घाँस खेती गरेका छन् । उमेरले ५० पुगेका नन्दलालले २०७२ सालमा २ वटा गाईबाट व्यवसायिक सुरुवात गरेका हुन । अहिले नन्दलाल सँग साना ठुला गरेर २७ वटा छन् । जसमा ठुला गाई २२ वटा छन् । उनले सुरुवातैबाट गाईलाई सक्दो व्यवस्थित खोर बनाएर पालन गर्दै आएका छन् । २ विगाह जमिन भाडामा लिएर घाँस खेती पनि उनले गरेका छन । जर्सि क्रस र स्थानिय दुधालु जातका गाई पालन गरेका उनले दैनिक जसो ४० देखि १०५ लिटर सम्म दुध विक्रि गर्ने गरेका छन ।

गाउँमा स्मार्ट कृषि गाउँ भएदेखि उनी जस्तै अन्य किसानले पनि व्यवसायिक रुपमा गाई पालनलाई अघि बढाएको ओलीले बताए । शिवनगर स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक समेत रहेका ओलीले स्मार्ट मार्फत पाउने सेवा सुबिधा आफुले आन्दा अन्य किसानलाई प्राथमिकता दिएर दिने गरेका छन् । संयोजक भएर सेवा धेरै लिदाँ पनि अलि गारो जस्तो हुने भएकाले पहिला अरु किसानलाई प्राथमिकतामा राखेर काम गर्ने गरेको उल्लेख गरे ।

नन्दलालको हिमाल गाई पालन फार्म

उनले २ दुधको क्यान, घाँसको वीउ, मिनरल भिटामिन बाहेक अर सुविधा नलिएर काम गरेको बताए । किसान नन्दलालले एक वर्षमा २२ हजार बढी झण्डै ११ लाख रुपैयाँ बराबरको दुध विक्री गर्ने गरेका छन । स्मार्ट कृषि गाउँ भैसकेपछि किसानहरुले दुध र गोबरबाट आम्दमनी गर्ने गरेको उनको अनुभव छ । स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि त गाउँका धेरै किसानको रोजगारीको आधार बनेको छ । विदेश तथा भारत तिर कामका लाग िजानेहरु केहि मात्रामा कमि भएको किसान लालबहादुर बताउछन् ।

उनका एक छोरा नेपाल आर्मिमा कार्यरत छन घरमा श्रीमान श्रीमती, छोरा छोरी नाति नातिना गरि १० जनाको परिवार छ । उनले अहिले गाई सगैं बाख्रा पालनलाई पनि सगंसगै लग्ने विचार गरेर चिटिक्क परेको खोर निर्माण गरि व्यवसायिक रुपमै बाख्रा पालन समेतलाई अघि बढाएका छन् । कृषिमा राम्रो सम्भावना देखेका लालबहादुर गाउँकै एक प्रेरणा बनेका छन् ।

कृषि पत्रकार खगेन्द्र दाहाल संग फोटो खिचाउदै किसान नन्दलाल लगायत छिमेकिहरु
नन्दलालले पालन गरेको बोयर बाख्रा र खोर

Leave a Reply

Your email address will not be published. Required fields are marked *