“सोलुखुम्बु नेचाका पेमा शेर्पा काठमाडौमा व्यावसायिक कृषि पेसामा रमाउदै”


  • 228
    Shares

अहिले काठमाडौ गोकर्नेश्वर २ मा १० रोपनी जग्गा भाडा लिएर नयाँपाटी स्थिति सोलुखुम्बु कृषि फर्म दर्ता गरि व्यावसायिक तरकारी खेती गर्दै आएका छ्न, सोलुखुम्बुका पेमा शेर्पा ।

सोलुखुम्बु नेचा सल्यान १ दुधगुन्छका पेमा शेर्पाले तिन बर्ष अघिदेखी व्यवसायीक तरकारी खेतिमा ब्यस्त छन् । उनी र उनको सिङ्गो परिवार यतिबेला तरकारी खेतीमा खटेर लागेका छन। पहिला उनी वैदेशिक रोजगारी थिए, नेपालमा केही गर्नुपर्छ भन्ने उदेश्यले ७ बर्ष बिदेशको बसाई छोडेर व्यावसायिक कृषि कर्ममा लागेका हुन । अहिले काठमाडौ गोकर्नेश्वर २ मा १० रोपनी जग्गा भाडा लिएर नयाँपाटी स्थिति व्यावसायिक तरकारी खेती गर्दै आएका छ्न।शेर्पाले यतिबेला करिब १० रोपनि जग्गामा खेति गर्दै आईरहेका छ्न ।

मौसमी र वेमौसमी दुवै खालको तरकारी खेति गर्ने शेर्पाले मोसमी भन्दा पनि वेमौसमी तरकारीवाट आफुलाई बढी फाईदा हुने गरेको जानकारी दिए । उनले तरकारी खेतिवाट आफुलाई राम्रै आम्दानी भईरहेको बताए । व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै लाखौ आम्दानी गर्न सफल भएका थिए। अहिले गोलभेँडा, खुर्सानी, सिमी, फर्सी र बोडीको उत्पादन शुरु भएको छ । अहिले दशै तिहार अवसर पारेर टमाटर निकाल्ने तरखरमा छ्न उनि । बिशेष गरि विभिन्न साग उत्पादन गर्दै आएको उनी बताउँछन् ।

उनले अकबरे खुर्सानी पनि लगाएका छ्न,लगाएको बर्ष राम्रो फाइदा लिएको खुर्सानी यसपटक अल्लि राम्रो नभएको उनी बताउँछन् ।देशमा कृषिबाट मात्र आर्थिक क्रान्ति गर्न सकिन्छ भन्ने उदेश्यले अरु युवाहरुलाई पनि कृषिमा लाग्ने आग्रह गर्छन “युवाहरूलाई कृषिमा लाग्न सरकारले प्रोत्साहन गर्नुपर्छ। हामीले काम यहि माटोमा गर्ने हो भन्ने बिश्वास दिलाउदा पनि राज्यबाट आउने सेवा सुबिधाबाट बन्चित भएको उनको गुनासो छ ।

अहिले प्रबिधि भित्रीएको छ, “तर प्रयोग गर्न आवश्यक छ रकम अभाव हुँदा मेसिनरी प्रयोग गर्न नसकेको उनको गुनासो छ।शेर्पाले अहिले गोलभेडाको सिजन रहेको र बेच्न लागेको बेला भएको बताए । कृषि प्रेससँग कुरा गर्दै उनले भने, “अब गोलभेडा बेच्ने बेला भएको छ । हामीले अर्गानिक खेतिमा जोड दिदै आएका छौ ।” यो सिजनमा निकाल्ने टमाटर राम्रो आम्दानी आउने छ उनी आशा व्यक्त गर्दछ्न।तस्वीर तथा जानकारी – अशोक बहादुर टण्डन, अर्घाखाँची

Leave a Reply

Your email address will not be published. Required fields are marked *