व्यापार छाडेर बंगुर पालनमा लाग्छौं


  • 579
    Shares

खगेन्द्र दाहाल, बर्दिया : उमेरले सुनिता थारु ३० पुगिन् । घरमा किराना, मासु पसल आफुले गर्छिन् भने बासगढी बजारमा उनका श्रीमानले साइकल व्यवसाय गर्छन् । व्यापार सँगै उनीहरुलाई अर्को मन परेको व्यवसाय भनेको बंगुर पालन हो । पहिलेदेखि बंगुर पाल्दै आएकी सुनिताले यो व्यवसायलाई निरन्तरता दिंदै बढाउँदै लैजान चाहेकी छन् ।


स्मार्ट कृषि गाउँ कार्यक्रममा सुनिताले पनि भाग लिएकी छन् । सामान्य रुपमा बंगुर पाल्दै आएकी सुनितालाई स्मार्ट कृषि गाउँ कार्यक्रमले सहजता ल्याइदिएको छ । सामान्य किलामा बाँधेर खुल्ला रुपमा पाल्ने गरेका बंगुरले स्मार्ट कृषि गाउँ कार्यक्रम आएपछि सफा स्थानमा बस्न पाएका छन् । पहिले देखि १÷२ वटा पाल्ने गरेकी सुनिताले ७ वटा पुगाइसकेकी छन् ।

२ माउ, २ पाठी १ बिर र २ पाठा बंगुर उनले पालेकी छन् । भखैर सुरुवातको चरणमा भएकाले नाफा नोक्सानको हिसाब नगरिएको बताउने किसान सुनिताले बंगुर पालनलाई आफ्नो मुख्य व्यवसाय बनाउन चाहेको उल्लेख गरिन् । ६ जनाको परिवार रहेको उनको घरमा बंगुर पालन नै सबैले जानेको पेशा हो । स्मार्ट नहुँदा खोर व्यवस्थित थिएन अहिले त खोर पनि व्यवस्थित बनेको छ यसले थप अझै बंगुर पालन गर्ने सोंच पनि बनेको उनले बताइन् ।

बंगुरमा समय दिन सके राम्रो फाइदा हुने उनी बताउँछिन् । श्रीमानले पनि बजारको साइकल पसल बन्द गरेर बंगुरपालनमै लाग्ने इच्छा गर्नु भएको छ, उनले भनिन् । स्मार्ट कृषि गाउँ कार्यक्रमले आफु जस्तै अन्य किसानको आर्थिक स्थितिलाई पनि मजबुद बनाउन मद्दत गरेको किसान सुनिताले बताइन् । स्मार्ट कृषि गाउँ हरेक वटाका लागि आवश्यक रहेको उल्लेख गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *