‘बाख्रा पालनलाई व्यवसायिक बनाएको छु’


  • 226
    Shares

प्रदिप राजबंशी , गुलरिया : बर्दिया ठाकुर बाबा नगरपालिका वडा नम्बर ५,शाहिपुरका चन्द्र बहादुर थारुको दिनचर्या बाख्राको रेखदेख गर्दैमा जान्छ । ४७ वर्षिय चन्द्र बहादुरका घरमा रहरलाग्दा खसि बोकाहरु छन । तिनै खसि बोकाहरु विक्रि गरेर उनले आफ्नो घरखर्च चलाउने गरेका छन ।

बाख्रा पालन बाट सन्तुष्ट रहेको बताउने चन्द्रबहादुरले स्मार्ट कृषि गाउँ कार्यक्रम लागु हुनु पुर्व ७÷८ वटा मात्र बाख्रा पालन गर्थे । शाहिपुर स्मार्ट कृषि गाउँ कार्यक्रम सन्चालन भएपछि उनको बाख्रापालन प्रतिको रुचि पनि बढेर आएको छ । हाल उनको खोरमा २२ वटा बाख्रा, खसि तथा बोका छन । स्मार्ट कृषि गाउँ लागु भएको २ वर्ष पुगेसगै चन्द्रबहादुर जस्ता अन्य किसानको जिवनशैलिमा समेत परिवर्तन आएको छ । चन्द्रहादुरका ४ छोरी र आफु र श्रीमती छन ।

कृषि पेषालाई मुख्य पेषाको रुपमा दिदै आएका उनिहरुले बाख्रा पालनलाई थप व्यवस्थित बनाउदै संख्या पनि बढाउने योजना बनाएका छन । बाख्रा सगैं १ विगाह ५ कठ्ठा षेत्रफलमा धान, गहुँ, मकै लगाउने गरेका छन । बाख्राको लागी छुट्टै नेपियर, मकैचरी, बर्षिक लगाएत डालेघाँसहरु लगाउने गरेको चन्द्रबहादुर बताउछन । जंगल नपिजकै भएपनि चराउन खासै नलैजाने गरिएको उनले बताए । पहिले दिनहुँ स्थानियहरु सगैं बाख्रालाई चराउनका लागी जंगल लैजाने गरेको भएपनि स्मार्ट कृषि गाउँ कार्यक्रम लागुभएपछि आफु र अन्य किसानले पनि घरमै राखेर पाल्ने गरेको उनि बताउछन् ।

कहिले कसो मात्र नजिकै छेउछाउमा चराउन लग्ने उनको भनाई छ । उन्नत जातका बाख्रा पालन गरेका चन्द्रबहादुरले जमुनापारी, बोयर क्रस र लोकल आदि रहेको बताए । स्मार्ट गाउँ कार्यक्रम मार्फत उनले नयाँ एक व्यवस्थित खोर निर्माण गरेका छन । विभिन्न तालिम पनि उनले स्मार्ट कृषि गाउँ मार्फत नै पाए । बाख्रा पालनको लागी आवश्यक पर्ने कुराहरु स्मार्ट गाउँले प्रदान गरिरहेको चन्द्रबहादुरले बताए । एक वर्षमा कम्तिमा १० वटा बढि खसि विक्रि गर्ने गरेको उनले उल्लेख गरे ।

स्मार्ट गाउँ उनले बोका पनि पाएको बताए । उक्त बोकाले एक वर्षमा १ सय बढि बाख्रामा प्रजननका लागी प्रयोग गरिएको चन्द्रबहादुरले जानकारी दिए । ७५ प्रतिशतको बोयर बोका रहेको उनले १२० समुहका किसानले ल्याएको बाख्राको लागी र समुह बाहिरका किसानले सेवा लिए बापद ३ सय लिने गरेको बताए ।

1 thought on “‘बाख्रा पालनलाई व्यवसायिक बनाएको छु’

Leave a Reply

Your email address will not be published. Required fields are marked *