No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

कृषि विकासको वास्तविक समस्या के हो ?

२०७८ भाद्र २८ गते, सोमबार समय: १२:५४ मिनेट
0
कृषि विकासको वास्तविक समस्या के हो ?
3
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

यस पटकको कोभिड-१९ कोरोना भाईरस गत बर्ष भन्दा अझ भयावह बन्दै गएको छ । अस्पतालहरुले अक्सिजन ग्यास नभएकाले थप विरामी भर्ना गर्न नसकिने भनेर सूचना टाँस गर्न थालेका छन् । गाउँगाउँमा संक्रमित छन् तर पिसिआर जाँच गराएका छैनन् , किन भने अस्पतालमा ठाउँ छैन । कालिमाटी कृषि बजार जो देशकै ठूलो कृषि बजार मानिन्छ बन्द गरीएको छ । धादिङ्गका संकलन केन्द्रमा तरकारी थुप्रीराखेका छन् तर काठमाण्डौ पुर्याउन कसैले चासो देखाएका छैनन् । यति खेर धादिङ्गका कृषकहरुको घरघरमा तरकारी फल्ने र काठमाण्डौको बजारमा पुर्याउने समय हो तर यसो भएको पाइएन ।

यो समय योजना तर्जुमाको समय हो । आगामि बर्षका लागि कार्यक्रम बनाईदैछ । कार्यक्रम बनाउँदा कति कृषकसँग छलफल भयो ? कार्यक्रम कर्मचारीले जे बुझे तेहि भयो वा वास्तविक समस्या समाधान गर्ने गरी भयो ? अथवा मन्त्रालय , निर्देशनालय वा कार्यालयका केहि व्यक्तिले जे भने त्यहि भयो? यहि परिबेश भित्र समस्या रुमल्लिएको देखिन्छ । नेपाली कृषकले उत्पादन गरेका बस्तुको बजारीकरण कसरी भै राखेको छ र यसलाई व्यवस्थित बनाउने जिम्मा कस्को हो ? यस तर्फ हामीले कहिले सोच्ने ?

प्रदेश सरकार अस्तित्वमा आए पछिका तीनवटा आर्थिक बर्षको कृषि कार्यक्रममा केही कार्यक्रम बाहेक सधै नयाँ कार्यक्रम आउने गरेका छन् । के हरेक बर्ष नयाँ कार्यक्रममात्र ल्याएर समस्या समाधान हुन्छ? यस तर्फ अझै कसैको ध्यान पुगेको छैन । के हाम्रो जस्तो देशमा सधै बजार खुला छोडेर कृषिको विकास सम्भव छ? यस तर्फ सोचिएन भने हाम्रा कृषक पलायन हुने समय आइसकेको छ । त्यसैले हरेक स्थानिय तह र जिल्लाको समन्वयमा केही कृषि बजार स्थापना गरी सञ्चालन गरौं । यस्ता बजारसंग ब्लक, पकेट, मिसन, स्मार्ट कृषि कार्यक्रमलाई जोडौं र ति बजारमा बाह्रै महिना तरकारी, फलफूल र खाद्यान्न उपलब्ध गराउन संयुक्त र एकिकृत रुपमा योजना तर्जुमा गरी कार्यक्रम अगाडि बढाउँ । वास्तवमा कृषि भनेको बहुआयामिक क्षेत्र हो, यसलाई एक्लो रुपमा हेरीयो भने देशको आवश्यक्ता अनुसारको उत्पादन हुदैन ।

नेपालको सम्बिधानमा खाद्य सम्प्रभुताको उल्लेख भए पनि यस सम्बन्धि ऐन नियम बनेको पाइदैन । सम्बिधानमा लेखिदिएर मात्र त्यसले काम गर्न सक्ला र ? खाद्य सम्प्रभुताको कार्यान्वयन कुन कानुन समातेर गर्ने? यसलाई नियमन कस्ले गर्ने ? यस्ता विषयमा गम्भिर भएर अहिले नसोचे कहिले सोच्ने ? उत्पादन सामग्रीको अभाव प्राविधिक समस्या हो भने बजार ब्यवस्थापन मूल व्यवस्थापकिय समस्या हो । यस तर्फ कसरी अगाडि बढ्ने सबैले सोच्न जरुरी छ । आम कृषक द्वारा आम उत्पादन (mass production by mass people) र यसको व्यवस्थित बजारीकरणलाई ध्यान दिएर कृषि तथा पशुको कार्यक्रम संचालन गर्नु पर्छ ।

गत बर्ष पनि यही समयमा मैले योजना तर्जुमामा पनि ध्यान दिने कि भनेर केही सवाल पश्किएको थिएं । उक्त लेखमा मैले दिगो उत्पादनका साथै दिगो वितरण प्रणाली, जमीनको विवरण संकलन, बेरोजगार युवाहरुको विवरण, तिनै तहका सरकारको समन्वय र कृषि बजार संरचना निर्माण तथा संचालनका कुरा अघि सारेको थिएं । यस बर्ष पनि विगतमा जस्तै गरी योजना तर्जुमा भयो, कर्मचारीहरुले कार्यक्रम कार्यान्वयनका बेला भोगेका समस्याका आधारमा कार्यक्रम तयार पार्नु भयो, मन्त्रालय र निर्देशनालयका सरहरुले आफ्ना अर्ति समावेश गर्न अनुरोध गर्नु भयो र कार्यक्रम निर्माण गरी पेश गरीएको छ । आाशा गरौं कार्यक्रम राम्रै हुने छ र विगतकै कुरा दोहोरीने छैन । यसो गरीरहँदा Credo of extension लाई ख्याल त गरेका छौं? के हो त Credo of extension ? Go to the people, sit with the people, start from where they are, plan with the people यी केहि बुँदा हुन जस्लाई नसम्झिकन गरीने कार्यक्रम दिगो हुदैनन् । अहिले को मूख्य समस्या नै यहि हो ।

अमरराज शर्मा घिमिरे

नि. प्रमुख

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, खजुरा, बाँके

अघिल्लो पोस्ट

मेवाले दिने चमत्कारी फाइदाहरु, सुन्दै अचम्म लाग्ने

अर्को पोस्ट

डेनमार्कमा मासिक ८ लाख रुपैयाँ तलब छाडेर स्वदेशमै अर्गानिक खेतीपातीमा व्यस्त

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
डेनमार्कमा मासिक ८ लाख रुपैयाँ तलब छाडेर स्वदेशमै अर्गानिक खेतीपातीमा व्यस्त

डेनमार्कमा मासिक ८ लाख रुपैयाँ तलब छाडेर स्वदेशमै अर्गानिक खेतीपातीमा व्यस्त

सतुवा खेतीबाट भोजपुरका किसानले लाखौँ कमाउँदै

सतुवा खेतीबाट भोजपुरका किसानले लाखौँ कमाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist