अबैध कुखुरा र माछा भारतबाट भित्रिदै, ५ लाख ६१ हजार जरिवाना


खगेन्द्र दाहाल, नेपालगन्ज : पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले अबैध रुपमा भित्रिएका कुखुरा तथा माछालाई नष्ट गर्दै आएको छ । खुला सिमाको फाइदा उठाउदै भारतिय कुखुरा र माछा दिनहुँ भित्रिने गरेका हुन ।

नेपालगन्ज, खजुरा तथा कोहलपुरका मुख्य स्थानहरुमा भारतबाट अबैध रुपमा भित्राइएका कुखुरा र माछाहरु विक्रि वितरण हुदै आएको छ । राति देखि नै माछा, मासु तस्करी गर्नेहरु सक्रिय हुने भएकाले विहान सम्म धेरै माछामासुहरु बजारसम्म आइपुग्ने कुखुरा व्यवसायि सघं बाँकेका अध्यक्ष लाल बहादुर खत्रिले जानकारी दिए । चाडपर्व नजिकिदै गर्दा बजारमा माछा र मासुको खपत बढ्दै गएकाले बाँकेमै हुने उत्पादनले माग नभ्याउने भएकाले लुकिछिपि व्यापारिले भारतबाट ल्याउने गरेका हुन ।

भारतमा माछा मासुको मुल्य कम भएकाले पनि नाफा ज्यादा कमाउन व्यापारिहरुले चोरीको बाटो प्रयोग गर्दै ल्याउने गरेका हुन । कतिपय बेला शुरक्षा निकायले अबैध कुखुरा, चल्ला तथा मासु र माछालाई बरामत गरि पशु क्वारेन्टाइन कार्यालयमा बुझाउदै आएका छन । बरामत भएकाहरुबाट कार्यालयले जरिवाना समेत तिराउदै आएको छ । आर्थिक वर्षको सुरुवात सगै हाल सम्म २२ पटक शुरक्षा निकायले बरामत गरि क्वारेन्टाइन कार्यालयमा बुझाएको पाइन्छ ।

जसमध्ये ७ पटक जरिवाना गरिएको पशु क्वारेन्टाइनले उपलव्ध गराएको डाटाले बताउँछ । पशु क्वारेन्टाइनले आर्थिक वर्ष २०७८ ÷०८९ को सुरुवात देखि हालसम्म ५ लाख ६१ ह्जार जरिवाना स्वरुप राजस्व संकलन गरेको पशु स्वास्थ्य प्रावधिक तथा कार्यालयका सुचना अधिकारी इन्दु रेग्मीले जानकारी दिइन । साउन यता हालसम्म अबैध रुपमा भित्राइएको २२२ केजी तयारी माछा नष्ट गरिएको छ । त्यस्तै माछाका भुराहरु ३ हजार वटा, ब्रोइलर कुखुरा २७० वटा, कुखुराका चल्लाहरु ८ हजार ७ सय ९१ वटा, कुखुराको मासु १५० केजी नष्ट गरिएको सुचना अधिकारी रेग्मीले जानकारी दिइन ।

यसरी माछा तथा कुखुराहरु सिमा क्षेत्रबाट भित्रिदा नेपालका किसानहरु भने मर्कामा पर्ने गरेका छन । बरामत भएकाहरुलाई त जरिवाना गराएर छाडिने गरेको छ तर बरामत भन्दा धेरै मात्रामा लुकाई छिपाई मासु तथा माछा पसलमा विहानको घाँम नउदाउँदै पुगिसकेको हुन्छ ।

Leave a Reply

Your email address will not be published.