टमाटर (गोलभेँडा)खेती प्रविधी


  • 3
    Shares
  1. परिचय:-
    नेपालमा गोलभेँडा धेरै महत्त्वपूर्ण तरकारी हो । यसलाई सरकारले खाद्य वस्तुको रुपमा स्थान दिएको छ । गोलभेँडाको वानस्पतिक नाम Lycopersicon esculentum Mill हो । यो Solanaceae परिवार भित्र पर्दछ । यसको उत्पत्ति पेरु र केन्द्रिय मेक्सिकोमा भएको बैज्ञानिकहरुको अनुमान छ । नेपालमा गोलभेँडा बार्है महिना गर्दै आएको पाइन्छ । यस फलमा खनिज, भिटामिन ए र सि प्रशस्त मात्रामा पाइन्छ । यसलाई सलादको रूपमा तथा प्रसोधित वस्तुहरु जस्तै पेस्ट, जुस, केचअप , आदि जस्ता कामकोलागि प्रयोग गरिन्छ । गोलभेँडालाई गरिब मानिसको सुन्तला भनिएको छ । गोलभेँडा उत्पादन गर्ने प्रमुख जिल्लाहरु काभ्रे , धनकुटा , सर्लाही , धाधिङ्ग , दाङ्ग , आदि हुन् ।
  2. जातहरु:-
    मनिसा
    रोमा
    भिम
    सिर्जना
    एन 162
    जमुना
    NCL 1
    लप्सी
    युमि
    त्रिसुल आदि ।
  3. हावापानी:-
    गोलभेँडा गर्मीमा हुने बाली हो र यसलाई चाहिने उचित तापक्रम दिउँसो 32°C र राति 22°C हो । 10°C भन्दा कम तापक्रम भएमा फलमा रातो रङको बिकास हुन पाउदैन । त्यस्तै 40°C भन्दा बढी तापक्रम भएमा पनि रातो रङ्गको बिकास हुन पाउदैन ।
  4. माट‍ो:-
    गोलभेँडा प्रायः सबै किसिमको माटोमा गर्न सकिन्छ तर सफल तथा ब्यवसायिक गोलभेँडा खेतिकोलागी पानी नजम्ने , मलिलो , दोमट माटो उपयुुक्त हुन्छ । माटोको पि. एच. 6.0-7.0 भएको माटो गोलभेँडा खेतिकोलागि उपयुुक्त हुन्छ ।
  5. जमिनको तयारी:-
    4-5 पटक जोतेर सम्याउनु पर्छ ।
  6. बीउ दर:-
    400-500 ग्राम / हेक्टर
    125-175 ग्राम / हेक्टर ( hybrid )
  7. रोपने दुरि:-
    बिरुवा रोप्ने दुरि माटोको मलिलोपन र जातमा भर पर्छ । साधारणतया एक लाइनबाट अर्को लाइन र एक बोट बाट अर्को बोटसम्मको दुरि क्रमशः 60cm×60cm
    60Cm×45cm
    75cm×60cm
    75Cm×75cm
  8. मलखाद:-
    कति मलखाद दिनु पर्छ भन्ने कुरा पनि माटोको मलिलोपन , जात र मौसममा भर पर्छ तर पनि साधारणतया
    -20 टन कम्पोस्ट मल / ha
    -200 kg N / ha
    -120 kg P / ha
    -100 Kg K / ha
  9. लगाउने समय:-
    -उच्च पहाडी क्षेत्रमा बैशाख – जेठ
    -मध्य पहाडी क्षेत्रमा चैत्र – बैशाख
    -तराई क्षेत्रमा कार्तिक – मङ्सिर

सिचाइ:- कति पटक सिंचाइ गर्नुपर्छ भन्ने कुरा पनि माटो र मौसममा भर पर्दछ तर पनि गर्मीयाममा ३-४-दिनको फरकमा र वर्षा याममा १०-१५ दिनको फरकमा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *