No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

सुन्नै छोडियो ‘नेपाल कृषिप्रधान देश’

२०७८ श्रावण ३० गते, शनिबार समय: ०५:१५ मिनेट
0
सुन्नै छोडियो  ‘नेपाल कृषिप्रधान देश’
2
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

राजेश विद्रोही

सानोमा प्रशस्तै सुनिन्थ्यो- नेपाल कृषिप्रधान देश हो । तर, अचेल त्यो सुनिन छोडिएको छ । यतिसम्म कि हाम्रो पाठ्यक्रममा कृषि शिक्षा छुट्टै कोर्स पढ्नुपर्थ्यो । बालीनालीको बारेमा धेरै ज्ञान आर्जन हुन्थ्यो । कम्पोस्ट मल कसरी बनाउने सिकाइ हुन्थ्यो । आमाबुवाले एकाबिहानै उठाएर खेतबारीमा काम गर्न लगाउनुहुन्थ्यो । समयमै स्कूल जानुपर्थ्यो । अहिले यी सबै कुराहरू सपना जस्तो भएको छ । कथा जस्तै भएको छ । युग र प्रविधिको विकास अनुसार हरेक कुरा फेरिएको छ । स्कूलको पाठ्यक्रम फेरिएको छ । खेतीकिसानीको विधि फेरिएको छ । हामी भने कृषिप्रधान देश खोजिरहेका छौं ।

कुनै समय दश फीट कुवा खनेपछि जमीनबाट प्रशस्त पानी निस्किन्थ्यो । कृषि उत्पादनले समयमै मनसुन पाउँथ्यो, प्राकृतिक हराभरा जीवन्त हुन्थ्यो । कृषि उत्पादनले खुशियाली भित्र्याउँथ्यो । मनग्गे आम्दानी हुन्थ्यो । मनभरी काम र पेटभरि माम पाउँथ्यो । अहिले जमीनसँगको नाता हुने श्रमिक वर्ग देशमा छैनन् । भएकाहरूको पनि आफ्नो उब्जाउने भूमि छैन । अरुकै भूमिमा पसिना बगाउनुपर्ने अवस्था छ । बाँकी युवा श्रमिक विदेशको भरमा बाँचेको छ । गोलमाल राजनीतिक व्यवस्थाले जमीन र मजदूर वर्गबीचको सम्बन्ध तोडिएको छ । दलाल वर्गको हातमा जमीन खुम्चेको छ । अहिले यही जमीनमा सयौं फिट डीप बोरिङ गाडे पनि पानी निस्किंदैन । पानी पाताल भासिएको छ ।

कृषिमा जति प्राविधिक सुविधाहरू आएको छ त्यसको सही र वैज्ञानिक व्यवस्थापन छैन । प्रकृति विनाशतिर गइरहेको छ । हराभरा वनजङ्गल हेर्न आँखाले धेरै मिहिनेत गर्नुपर्छ । सीमित ठाउँमा वातावरणीय प्रभाव छ । विस्तारै त्यो पनि ह्रास हुँदै गएको अवस्था छ । मानव जीवनसँग अभिन्न सम्बन्ध प्राकृतिक अवयवहरू त्राहिमाम् अवस्थामा छन् । मानवीय गतिविधिले विनाशलाई सघाइरहेको छ । यसलाई कुन सरकारले र राज्यले जोगाउने हो ? यसकै परिणाम हुन् समयानुकूल फरक खालको महामारीको प्रकोप ।

जुन देशमा जल, जमीन, जङ्गल लगायतका प्राकृतिक सम्पत्तिहरू व्यक्तिको नाममा लालपुर्जासहित सुनिश्चित गरिदिएको हुन्छ, त्यो देशको लोकतन्त्र र त्यहाँको व्यवस्था र अवस्था कस्तो चरित्रको हुन्छ भन्ने कुरा त्यसै अनुमान गर्न सकिन्छ ।

त्यसैले यो असमान रूपमा प्राकृतिक सम्पत्तिको निजीकरण सबैभन्दा ठूलो विभेदको खाडल हो । यहाँ जमीनले न‌ै गरीब र धनी, सत्ता र शक्ति, शासन र शासकबीच ठूलो खाडल बनाएको छ । र, समाजमा विभेद, उत्पीडन र असमानता कायम गरेको छ । जुन दिन राज्यले भूमि आफ्नो नियन्त्रणमा लिन सक्छ वा समान रूपमा नागरिकलाई वितरण गर्छ, त्यो दिन मात्र जमीनसँगको गहिरो साइनो र प्रेम रहेको मजदूर, किसान, गरीब दलित वर्गको मुहारमा चमक आउँछ । देश पनि वास्तविक रूपमा कृषिप्रधान देशको रूपमा नयाँ ढंगले फड्को मार्न सक्छ ।

जतिबेला किसानले अर्गानिक उत्पादन गर्थे, राज्यको एक पैसा लगानी हुँदैनथ्यो त्यतिबेला उत्पादनको मूल्य थिएन । यतिबेला ती जमीनले न्यून उत्पादन दिन्छ, त्यो पनि विष मिसिएको उत्पादन । मानिसहरूले भान्सामा स्वाद मानी मानी मन्द विष खानुपर्ने अवस्था छ । यसको नतिजा सन्तान दरसन्तानसम्मले भोग्नुपर्ने अवस्था छ । मानिस विस्तारै बोइलर जस्तो बन्दै गइरहेको छ । यस्तो उत्पादनले मान्छेदेखि जमीन र वातावरणलाई समेत क्षयीकरण र भ्रष्टीकरण गरिरहेको छ ।

जमीनको मूल्य अनावश्यक रूपमा आकाशिएको छ । प्लटिङको रूपमा बिजनेश कम्प्लेक्स बनेको छ । त्यसमा राज्यको अनावश्यक लगानी छ, कृषिको नाममा दिनदहाडै ब्रह्मलुट छ ।

हिजोका गाउँघरका सामन्त, जमीनदार र शासक वर्ग शासन र राजनीतिमा फड्को मारेका छन् । भूमि बाँझो अवस्थामा छ । हिजो जुन जमीनले पेट पाल्थे, त्यो जमीनको मूल्य थिएन । आज जुन जमीनले पेट पाल्ने स्थिति छैन त्यो जमीनको मूल्य लाखौं करोडौं भएको छ । यसको मतलब समाजमा अहिले पनि जुन वर्गलाई जमीनको खाँचो छ त्यो वर्ग, समुदायसँग जमीन छैन । जुन मजदूर, गरीब, दलित वर्ग र समुदाय जमीनमा पसिना चुहाउँछन् र देशको भार थामेका छन्, ती वर्ग र समुदाय पुस्तौंदेखि भूमिहीन सुकुम्बासी छन् । जुन वर्गलाई जमीनको खाँचो छैन, ती वर्गसँग प्रशस्त जमीन छ । र, तिनै सामन्त र जमीनदार वर्ग चुनाव जित्छन् । देशको सांसद, मन्त्री बन्छन् । अर्थात् तीनै तहको सरकार त्यस्तै मानिसहरूले अहिले पनि कब्जा गरिरहेका छन् । उनीहरुले कस्तो नीति बनाउलान् ? कसको हितमा नीति बनाउलान् ? सहजै बुझ्न सकिन्छ ।

जुन वर्ग र समुदायलाई सत्ता, सरकारको जमीनको खाँचो छ, त्योसँग सत्ता, सरकार र जमीन छैन । जुन वर्ग र समुदायलाई सत्ता, सरकार र जमीनको खाँचो छैन, उनीहरू छलछाम र षड्यन्त्रपूर्वक सत्ता, सरकार र जमीनमा कब्जा जमाउँछन् ।

रैथाने उत्पीडित समुदाय पुस्तौंदेखि भूमिपुत्रको रूपमा छन् । उनीहरूसँग बस्ने जमीन पनि छैन । देशको पहिचान बोक्ने नागरिकता छैन । उनीहरू आज पनि अनागरिकको जीवन बाँच्न विवश छन् । पुस्तौंदेखि बसोबास गर्दै आएको भूमिको स्वामित्वसहित लालपुर्जा छैन । उनीहरूको टाउको ओत लाग्ने झुप्रोमा रातारात भूमाफियाले डोजर लगाएर व्यापारिक भवन बनाउँछन् । मान्छेको बस्ने ओत छैन । तर, त्यहाँ सार्वजनिक मठमन्दिर र रमाइलो स्थल बनाउँछन् । चुनावका बेला फोस्रा आश्वासन र दलित गरीबलाई दलित गरीबकै विरुद्ध भोट बैंकको रूपमा प्रयोग गर्छन् । यस्तो घातक र परिवर्तन विरोधी पुरातनवादी चरित्र अहिले पनि व्याप्त छ ।

अहिले हाम्रा सारा युवा श्रमशक्ति विदेशीको गुलामी गरेर बाँच्नु परेको छ । बाकसमा लाश भएर फर्किनु परेको छ । पहिला गाउँघरमा अधिकांश पुरुषहरू पढेलेखेका थिए भने महिलाहरू निरक्षर अवस्थामा भेटिन्थ्यो । अहिले वैदेशिक रोजगारीले यो अवस्था उल्टिएको छ । विद्यालयहरूमा बालक भन्दा बालिकाहरूको संख्या ह्वात्तै बढेको छ । महिला पुरुषबीचको शिक्षा र अशिक्षाको दूरीको कारण पछिल्लो समय सम्बन्धविच्छेदका घटनाहरू ह्वातै बढेको छ । समाजमा सांस्कृतिक विचलन बढेर गएको छ । अनुशासन, नैतिकता र शिष्टाचार घट्दै गएको छ । दहेज प्रथा, घुम्टो, बोक्सी, छुवाछूत र बालविवाह लगायतका कुप्रथाहरूले लोकतन्त्रको धज्जी उडाइरहेका छन् । महङ्गी, भ्रष्टाचारी, अपराध र कालोबजारीले समाजलाई आक्रान्त बनाएको छ ।

मानिसलाई परिश्रमी बनाउनु भन्दा अपराधी बन्न प्रोत्साहन बनाउने व्यवस्थामा हामी बाँचिरहेका छौं । यसरी समाजमा कमजोर वर्गमाथि तहगत विभेद र उत्पीडन छ । नैतिक र मानसिक विकास गर्ने वैज्ञानिक शिक्षाको अभावमा युवायुवतीहरू कुलत र दुर्व्यसनीमा फस्दै गएका छन् । हाम्रो हराभरा प्राकृतिक सौन्दर्य र स्रोतको प्रयोग हुनसकेको छैन । पुरानो उद्योग सुचारु र नयाँ उद्योग स्थापनाले श्रम शक्तिलाई रोकी व्यापक रोजगारी सिर्जना गर्न सकिन्छ । पहाडी वन र चुरेभावर क्षेत्रमा दीर्घकालीन भू–उपयोग नीति लागू गर्न सके कोही पनि विदेशिनु पर्दैन ।

रोजगारको लागि विदेशिनुपर्ने बाध्यता सदाको लागि अन्त्य हुन्छ । बरु पासपोर्ट लगाएर विदेशी श्रमशक्ति हाम्रो मुलुकमा रोजगार खोज्न विवश हुन सक्छन् । हामी संसारमा अर्थतन्त्रको हिसाबले फरक ढंगले फड्को मार्न सक्छौं । यस्ता थुप्रै विकल्प हामी कहाँ छन् । तर मुलुक हाँक्नेहरूको ध्यान यसतर्फ जान सकेको छैन । हामी हरेक कुरामा आत्मनिर्भर भन्दा परनिर्भर भइरहेका छौं ।

त्यसैले सरकारले कृषियोग्य जमीनलाई सही ढंगले व्यवस्थापन गर्नुपर्छ । हचुवाको भरमा अनावश्यक रूपमा कृषि क्षेत्रमा लगानी गरेर राज्यको अर्थतन्त्र सीमित दलाल वर्गको हातमा पुगिरहेको छ । अहिले पनि कुल भूमिको ३० लाख ९१ हजार हेक्टर जग्गामा मात्र खेती हुने गरेको छ । २० देखि २५ प्रतिशत भूमि बाँझो अवस्थामा छ । यसको सही वितरण र व्यवस्थामा सरकारको ध्यानाकर्षण हुन जरुरी छ । ८० प्रतिशत जनसंख्याको भविष्य जोडिएको विषयमा सरकारले ध्यान किन नदिने ? यदि यसरी नै जमीनमाथि राजनीति गर्ने हो भने हामीलाई सकिन धेरै समय लाग्दैन । सिरियाली नागरिक जस्तै अर्को तरिकाले काम विना कुपोषित हुनेछौं । हामी किसान मजदूर वर्ग देशमा नहुँदा जमीन बाँझै छ । यो भनेको हाम्रो भविष्य बाँझो हुनु हो । यसर्थ राज्य बेलैमा सचेत हुनैपर्छ । कृषिप्रधान देशको गुम्दै गएको इतिहासलाई नयाँ स्तर र उँचाइमा उठाउनै पर्छ । अनलाईन खबरबाट

अघिल्लो पोस्ट

लौकाको तरकारी खानुका फाइदा नै फाइदा

अर्को पोस्ट

२५ लाखसम्मको कृषि, पर्यटन र महिला उद्यमी कर्जा अब ‘विपन्न वर्ग कर्जा’दिइने

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
२५ लाखसम्मको कृषि, पर्यटन र महिला उद्यमी कर्जा अब ‘विपन्न वर्ग कर्जा’दिइने

२५ लाखसम्मको कृषि, पर्यटन र महिला उद्यमी कर्जा अब ‘विपन्न वर्ग कर्जा’दिइने

गौशालामा मन्त्रिनै  एक बोरा पीठो बोकेर पुगेपछी…

गौशालामा मन्त्रिनै एक बोरा पीठो बोकेर पुगेपछी...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist