दाङ्गका विर बहादुर बंगुरको पाठापाठि बेचेर वार्षिक ७५ लाख आम्दानी गर्छन्


  • 994
    Shares

खगेन्द्र दाहाल, घोराही(दाङ्ग): दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका वडा नं १७ गैरागाउँका २९ वर्षिय बिर बहादुर चौधरीले बंगुरका पाठापाठि विक्रि गरेर वर्षमा ६५ लाख आम्दानी गर्छन् भन्दा गफ लगाएको जस्तो होला् तर, कुरा सत्य हो । सानै उमेर देखि बंगुर पालनमा लागेका विर बहादुरले गरेको प्रगति देखेर दाङ्गका स्थानियहरु चकित छन ।

बार्षिक १५ सय पाठा पाठी बिक्री गरि गर्ने गरेको कृषक विर बहादुर बताउछन । बार्षिक ७५लाखको कारोबार बंगुर पालन बाटै हुने गरेको उनि बताउछन । साथै सबै लगानी घटाएर बार्षिक २५ लाख खुद नाफा हुने गरेको बताउछन । हरेक वर्ष १० वटा माउ वृद्धि गर्ने उदेश्यका साथ उनि लागिरहेका छन ।

२०६८ सालमा घोराहीको एक सहकारीमा उनि र उनकी श्रीमति मासिक ८ हजार का दरले ३,४ वर्षसम्म काम गरेका थिए । पछि उनले आफ्नै बंगुर व्यवसाय सुरु गरेपछि उनको आम्दानीमा वृद्धि हुदै आएको छ । एक वटा पाठापाठिलाई ५ हजारका दरले सहजै विक्रि हुने गरेको युवा कृषक चौधरी बताउछन ।

उनले २०७० सालमा पशु सेवा तालिम केन्द्र पोखरामा गइ एक हप्ते बंगुर पालन तालिम लिइसके पछि आफ्नो घरमा आएर १ कठ्ठा जग्गामा खोर बनाइ ३ वटा माउ बंगुर र १ भाले खरिद गरी बंगुर पालन शुरु गरेका थिए । परिबर्तन बंगुर पालन फार्म समेत दर्ता गरि व्यवसायिक रुपमा लागेका छन । अहिले उनको खोरमा ६५ वटा माउ बंगुर ३ वटा बिर र १५० वटा पाठा पाठी गरी जम्मा २१९ वटा बंगुर छन ।

बंगुर पालन गरेरै अहिले खोर भएको स्थानमा ठुलो खोर निर्माण गरेका छन । खोर छेउमै २ कठ्ठा जमिन थपेका छन । सगै बंगुर पनि थपेका छन । घोराहि उप महानगरपालिका मै ३० लाख हालेर ८ कठ्ठा जमिन पनि खरिद गरेका छन । अग्रिम पाठापाठिका लागी बुकिङ्ग आउने गरेको कृषक चौधरीले बताए ।

बजारको समस्या नरहेकोले नआतिएर काम गरे अवस्य सफल भइने उनको अनुभव छ । विर बहादुर भन्छन्, ‘बंगुर पाल्नु भन्दा अघि घरका मान्छेले विदेश जानु कमाई गर्न पनि भनेका हुन तर आफु विदेश नगएर यहि केहि गर्न सकिन्छ कि भनि प्रयास गर्न थाले अहिले त्यहि प्रयासले सार्थकता पाइरहेको छ ।’

सम्भावना एकदमै राम्रो भएकाले दाङ्गका अन्य किसानहरुको आर्कषण पनि बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डा.बेद बहादुर केसीले बताए । डा. केसीले उक्त बंगुर फर्मलाई थप हौसला दिन विज्ञ केन्द्र बाट बंगुर मिसन कार्क्रममा समाबेश गराई अनुदान प्रदान गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *