किसानका लागि समस्या बन्दै जोर विजोर प्रणाली


  • 227
    Shares

केशव राज भण्डारी, झापा: नेपाल सरकारले निसेध आज्ञा अर्थात लकडाउन केहि खुकुलो पार्ने वहानामा सवारी सञ्चालनमा ल्याएको जोर विजोर प्रणली वाट किसानहरु मारमा परेका छन । जस्को ज्वलन्त उदाहरण वने नेपाल डेरी फामर्स एसोसिएसन केन्द्रिय अध्यक्ष प्रदिप राज पन्त ।

वानेनेश्वर चोकमा दुध वोक्ने पिकअप जोर नम्वरको नभएको भन्दै पहरीले रोकेको पिडित पन्तले जानकारी दिए । तरकारी र दुधका ट्याङ्की वोकेको गाडि प्रहरीले कुदाउन नमिल्ने भन्दै रोकिदिएपछि केहि वेर अलमलमा परेका पन्ते पसल सम्म दुध पुर्याउनका लागि प्रहरीको खुट्टा समाउनु परेको दुखेसो पोखे ।

उनले भने तरकारी तथा दुध ढुवानिका लागि ऋण गरेर खरिद गरेको गाडि विजोर नम्वरको भयो अव फेरी अर्को जोर नम्वरको गाडि कहाँ वाट ल्याउँ भने पछि मात्र प्रहरीले आफ्नो गाडि छाडिदियो । लामो समयको निषेधआज्ञाका कारण मारमा परेका कृषहरु राज्यले केहि खुकुलो निति वनाएको भन्दै खुसी देखिए पनि जोर विजोर प्रणालीका कारण ठाउँ ठाउँमा तरकारी तथा दुध वोकेका गाडिहरु रोकिदा मारमा परेका छन ।

गृह मन्त्रालयको सुचनामा खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पसल विहान ११ बजेसम्म सञ्चालन गर्न सकिने सुचना जारी गरेको छ । त्यसै गरी कुखुरा, दाना, चल्ला, पशुपक्षीजन्य पदार्थ, भेटेरिनरी, कृषि कार्यका सामग्री ढुवानीका साधन व्यानर राखेर राति ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने पनि सुचनामा भनिएको छ ।

तर यसमा जोर विजोर प्रणालीको कुनै जानकारी दिएइएको छैन । जस्का कारण कृषकहरु प्रत्यक्ष मारमा परेका छन ।

Leave a Reply

Your email address will not be published.