बर्दिया : बर्दियाका किसानहरुले मकैको रामपुर हाईब्रिड १० लाई मन पराएका छन । आज रामपुर हाईब्रिड १० आइतबार बर्दियाका किसानकोमा अनुगमन गरि बुझदा किसानको रोजाईमा रामपुर हाईब्रिड १० परेको पाइएको हो ।
बर्दियाको बासगढी नगरपालिका ६ दाङपुरुवामा लगाइएको मकैको जातिय र मलको प्रदशनी प्लटमा गेट नेपाल, एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय गुलरिया, सिमिट÷एन्साफ, कृषि अनुसन्धान निर्देशनालय खजुरा, मकै जोन बाँके÷बर्दियाको तिन वटा एग्रोभेट, बासगढी नगरपालिका वडा नम्बर ६ को वटा सदस्य, बासगढी कृषि शाखा, दुई वटा सहकारी, अगुवा कृषकहरु र किसान २ परियोजना लगाएत बाट सयुक्त रुपमा प्रदशनी तथा प्लटमा अनुगमन गरिएको थियो ।
ग्योबल एग्रिटेक नेपाल प्रा.ली(गेट नेपाल), एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय गुलरिया बर्दिया र सिमिट÷एन्साफले सयुक्त रुपमा समन्वय गरि बर्दियाको विभिन्न स्थानमा मकैका ६ वटा जातिय र मलको प्रदशनी लगाइएको छ । किसानहरुले रामपुर हाईब्रिड १० जातको मकै एकदमै राम्रो भएको बताएका थिए । लामो घोगा, ठुला दाना भएको एकनास दाना घोगा पुरै छोपिने गरि रहेको तथा विरुवाको उचाई पनि मध्यम रहेकाले ढल्ने समस्या नरहेको बताउका थिए । रामपुर हाईब्रिड १० जातका मकैले उत्पादन राम्रो दिने देखिएपछि आगामि सिजनमा पनि यहि मकै लगाउने किसानले बताएका छन ।
देशमा हरेक वर्ष करौडौ मुल्य बराबरको हाईब्रिड विउ बाहिरी देशबाट धित्राउने गरिएकोमा रामपुर हाईब्रिड १० को वीउले विदेशी मकैको आयातमा कमि ल्याउनेका साथै कृषकहरुको रुचि पनि हाईब्रिड जातमा भएकोहुदाँ नेपाली जातको रामपुर हाईब्रिड १०ले किसानहरुको मन जितेको हुदाँ उपयुक्त रहेको एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बताउनुभयो । साथै देशका पहाडि क्षेत्रमा मकै प्रमुख खेती रहेको र गेट नेपालले प्रदशनीमा राखेको साथ साथै वीउ उत्पादन पनि गरिरहेको जिंक युक्त मकै (सेतो मकै)लाई किसानले रोजाइमा पारेका हुन ।
यस मकैमा जिंकको मात्रा हुने हुँदा पहाडि भेगका किसानले जिंक युक्त जातको मकै उत्पादन गरि उपभोग गर्दा आवश्यक जिंकको मात्रा परिपुर्ति हुने गेट नेपालका प्राबिधिक तेज खड्काले बताउनुभयो । यस मकैले खाद्य सुरक्षा सगंसगै पोषण सुरक्षामा समेत टेवा पुगाउने प्राबिधिक खड्काले जानकारी दिनुभयो । निजि क्षेत्रले पनि नयाँ नयाँ मकैका जातहरुको प्रदशनी गर्दै कृषकहरुलाई जातिय गुणबारे जानकारी दिइरहेको कृषि अनुसन्धान निर्देशनालय खजुराका बालि बैज्ञानिक रामदास चौधरीले बताउनुभयो । बैज्ञानिक चौधरीले अब गेट नेपालले रामपुर हाईब्रिड १० र जिंकयुक्त मकैको गुणस्तरीय वीउ उत्पादन गरि किसानमाझ पुगाउन पर्ने साथै आवश्यक प्राबिधिक सहयोग चाहिएमा कृषि अनुसन्धान निर्देशनालय खजुरा तयार रहेको बताउनुभयो ।
बाँकेको विभिन्न स्थानहरुमा मकैको रामपुर हाईब्रिड १० जातका प्रदशनी मकै जोनले पनि गरिरहेको र यस जातको मकैलाई कृषकहरुले मन पराइरहेको मकै जोन नेपालगन्जका कृषि अधिकृत युवराज विकले बताउनुभयो । उहाँले विदेशि जातको मकै भन्दा सस्तो नेपालमै उत्पादित जात भएको उल्लेख गर्नुभयो । अधिकृत विकले प्रदशनी प्लटमा लगाइएको विभिन्न जातहरुमध्य रामपुर हाईब्रिड १०को उत्पादन राम्रो देखिएको साथै उत्पादन संगसगै पोषणको हिसावले समेत जिंकयुक्त मकै उपयुक्त रहेकोले यसको उत्पादन बढाउन पर्नेमा जोड दिनुभयो ।
बाँके र बर्दिया जिल्लाको विभिन्न स्थानहरुमा यस किसिमको प्रदशनी ८ वटा रहेका छन । प्रर्दशनि रहेका स्थानहरुमा रामपुर हाईब्रिड १० का जात र जिंक युक्त मकैको राम्रो रिजल्ट आएको गेट नेपाल बाँकेका प्रमुख टिकाराम उपाध्यायले जानकारी दिनुभयो । उहाँले प्रर्दशनि सगंसगै रामपुर हाईब्रिड १० र जिंक युक्त मकैका युणस्तरिय वीउ उत्पादन गरिरहेको बताउनुभयो ।