No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

दुई वर्षभित्र हामी दुध उत्पादनमा आत्मनिर्भर -मन्त्री अर्याल

२०७८ जेष्ठ १८ गते, मंगलवार समय: १८:०७ मिनेट
0
किसानलाई अप्ठ्यारो पर्दा राज्य टुलुटुलु हेरेर बस्न नसक्ने-‘मन्त्री अर्याल’
2
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरेकी छन् ।

विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा मन्त्री अर्यालले यस्तो बताइन् ।

‘अबको दुई वर्षभित्र हामी दुधमा आत्मनिर्भर बन्छौँ । प्रति व्यक्ति ११ लिटर दुध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पूरा गर्छौं’ मन्त्री अर्यालले भनिन् ।
 
मन्त्री अर्यालले दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको समेत बताइन् । दुग्ध क्षेत्रमा भएका तमाम समस्या समाधानतर्फ मन्त्रालय लागिरहेको भन्दै उनले दुध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको समेत बताइन् ।

उनले भनिन्, ‘दुग्ध क्षेत्रमा भएका समस्या समाधानतर्फ हामी लागिरहेका छौँ । ती समस्या समाधान भएनन् भने दुध दिवस मनाएको कुनै औचित्य हुनेछैन ।’

मानव जीवनमा दुधको ठूलो महत्व रहेको भन्दै मन्त्री अर्यालले दुग्ध क्षेत्रको समवर्द्धनमा सबैको संकल्प जरुरी रहेको समेत बताइन् । कोभिड १९ महामारीले दुग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताइन् ।

मन्त्री अर्यालले सरकारले दुध नीति अगाडि बढाएको भन्दै अहिलेको असहज परिस्थतिलाई विषेश अवस्थाको रुपमा बुझेर धैर्यता गर्न समेत किसानहरुलाई आग्रह गरिन्। ‘हामी सामाजिक दूरी कायम राखेर आफ्ना गतिविधी संचालन गर्ने ठाउँमा छौं । असहजतालाई विशेष अवस्थाको रुपमा बुझेर धैर्यता गर्नुपर्छ । किसान दाजुभाइले पनि हेक्का राख्नुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘व्यवसायबाटै पछि हट्ने सोच बनाउनु हुँदैन । डिडिसीबाट प्रस्ताव गएको छ । भुक्तानीसँग सम्बन्धित निर्णय हुन्छ । हामीले दुध नीति अगाडि बढाएका छौँ । संस्थानमा पनि नयाँ पदाधिकारी नियुक्त गरेका छौँ । नयाँ कार्यक्रम अगाडि बढाइरहेको अवस्था छ ।’

दुग्ध क्षेत्रमा रहेका तमाम समस्याप्रति सरकार संवेदनशील भएर अगाडि बढ्ने पनि उनले बताइन् । डिडिसीले दैनिक एक लाख लिटर दुध संकल गर्नुपर्ने अवस्था भए पनि अहिलेको अवस्थामा ९० हजार लिटर दैनिक दुध संकलन गर्दै आएको छ ।

अघिल्लो पोस्ट

राप्ती सोनारीका भैसिमा भ्यागुते रोग पुष्टी, जनावरलाई उपचार संगै खोप दिन सुरु

अर्को पोस्ट

गर्मीमा आरु खानुका ५ फाइदा

सम्बन्धित समाचार

बाख्रा पालन, राजधानीमा घरघडेरी, मासिक लाखौँ आम्दानी !
किसान

बाख्रा पालन, राजधानीमा घरघडेरी, मासिक लाखौँ आम्दानी !

जनता दुग्घ सहकारीको अध्यक्षमा बरुवाल विजयी
किसान

जनता दुग्घ सहकारीको अध्यक्षमा बरुवाल विजयी

कुखुरा विकास फार्ममा डा. न्यौपानेको विदाई
किसान

कुखुरा विकास फार्ममा डा. न्यौपानेको विदाई

जनता दुग्ध उत्पादकको नेतृत्वमा पुग्न बाबु छोराको उमेद्धवारी
किसान

जनता दुग्ध उत्पादकको नेतृत्वमा पुग्न बाबु छोराको उमेद्धवारी

कपुरकोटबाट ११ करोड ११ लाखको तरकारी निकासी 
किसान

कपुरकोटबाट ११ करोड ११ लाखको तरकारी निकासी 

भारतबाट दुध अवैद्य आयात हुँदा बाँकेका किसानको दुध बिक्न छोड्यो
मुख्य खबर

भारतबाट दुध अवैद्य आयात हुँदा बाँकेका किसानको दुध बिक्न छोड्यो

अर्को पोस्ट
गर्मीमा आरु खानुका ५ फाइदा

गर्मीमा आरु खानुका ५ फाइदा

नलगाड क्षेत्रमा व्यावसायिक लसुन उत्पादनले किसानको आर्थिक जिवनस्तर उकास्दै

नलगाड क्षेत्रमा व्यावसायिक लसुन उत्पादनले किसानको आर्थिक जिवनस्तर उकास्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist