धानको बीउ खरिदमा ५० र तरकारीजन्य वस्तु ढुवानीमा २५ प्रतिशत अनुदान


  • 29
    Shares

कोरोनाको समयमा सरकारले तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानलाई २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ ।

अघिल्लो वर्ष पनि दिने घोषणा गरेपनि किसानले त्यो पाउन सकेका थिएनन् ।  ‘फलफूल, दूध र तरकारी, माछा–मासु किसानले नजिकको बजारमा ढुवानी गर्दा लाग्ने भाडामा २५ प्रतिशत अनुदान दिने घोषणा बजेटमै अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।

यस्तै साना किसानलाई धानको बिउ खरिदमा ५० प्रतिशत नगद अनुदान उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.