आज बाँके जिल्लाको संयुक्त बजार अनुगमन टोलिले नेपालगन्ज र बैजनाथ गाउँपालिकाका विभिन्न कृषि बिउबिजन तथा औषधि पसलहरुको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अनुचित व्यापारिक कृयाकलाप गर्ने दुइवटा पसललाई २५ हजार जरिवाना गरिएको छ । किसानहरुले प्रयोग गर्न नमिल्ने, म्याद सकिएका करिब १७ हजार भन्दा बढी मुल्य बराबरको विभिन्न खाद्यान्न एवं तरकारीहरुको बिउबिजन पनि आजै नष्ट गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।
आज भएको बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका नि. प्रमुख कृष्ण प्रसाद पौड्याल र सोही कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईं, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका प्रमुख निना श्रेष्ठ र सोही कार्यालयका दिपा पौडेल, कृषि ज्ञान केन्द्रका अधिकृत सकिल अहमद र दिनेश प्रसाद भट्टराई, बैजनाथ गाउँपालिकाकाको कार्यालयका सन्तोष जिसि लगायतको सहभागिता रहेकोे थियो ।
खेति पाटि लगाउने समयमा व्यापारीहरुले किसानलाई ठग्ने गरेको गुनासो आउँ थालेपछि अनुगमनलाई तिब्रता दिईएको हो ।