तरकारी बिक्रि गर्न नपाएर किसान निरास, खेतमै सड्दै उत्पादन


  • 243
    Shares

महोत्तरी : बारीभरि वैशाखी तरकारीका बेला (लहरा) लहलहाएका छन् । कतै घिरौँला त कतै फर्सीका हरिया गट्टा बग्रेल्ती छन् । लौका, काँक्रा र परवलका लहराले छपक्क छोपिएर भुइँ देखिँदैन ।

भिण्डी (रामतोरइ, रामझिङनी), भाण्टा, खोर्सानी बोटमा लटरम्म फलेका देखिन्छ । आफ्नो मेहनत बारीमा यसरी हाँस्दा पनि महोत्तरीका किसान भने उत्पादन बजार पु¥याउन नपाएर निरास छन् ।

“रगत, पसिना एक गरेर बाली लगाइयो”, जिल्लाको भङ्गाहा नगरपालिका–४ का तरकारी उत्पादक किसान चन्देश्वर राय दनुवारले विरत्त भएर भने, “अहिले फलेको तरकारी बजार पु(याउन नसकेर बोटमै बुढिदैछन् ।”

वैशाखी तरकारी (वैशाखमा फल्ने मौसमी तरकारीलाई वैशाखी भनिन्छ) फल्ने मुख्य बेलामै कोभिड–१९ महाव्याधी छल्न जताततै निषेधाज्ञा जारी भएपछि उत्पादन बजार पुर्याउन नसक्दा किसानको चिन्ता बढेको हो ।

“पोहोर पनि यसैबेलाजसो महाव्याधी छल्न लकडाउन थियो, यसपालि पनि उस्तै”, दनुवारले निधारको पसिना गम्छाको फुर्काले पुछ्दै भने, “खै के दुःखी पेशा अँगालिएछ कुन्नि १”

तराईमा व्यावसायिक तरकारी खेती गर्न वैशाखी फसल आम किसानको छनोटमा पर्दछ तर गत वर्ष र यसपालि एउटै बेला महाव्याधी सन्त्रास भएपछि किसानले उत्पादन बजार पुर्याउन नसकेका हुन् ।

जिल्लामा बर्दिबास, भङ्गाहा, गौशाला, मटिहानी, बलवा र लोहारपट्टी नगरपालिकाका बस्ती उर्वर मानिन्छन् । अहिले वैशाखी तरकारी फल्ने मुख्य बेलामै जिल्ला र आसपासका जिल्लामा समेत आवागमन बन्द गरिएको हुँदा किसानको उत्पादित फसल बजार पुग्न नसकेको हो ।

जिल्लामा गत बुधबारदेखि नै निषेधाज्ञा जारी छ । त्यसैगरी छिमेकको धनुषामा समेत निषेधाज्ञा जारी रहँदा हाटबजार बन्द भएको हुँदा कृषि उपज बेचबिखन हुने बजारमा तरकारी पु¥याउन नसकिएको किसान बताउँछन् ।

“खै के गरेर जहान परिवार पाल्ने हो ? ” भङ्गाहा–६ पर्सा हतिसर्वाकी किसान रामज्योति हुजदार थारूले गहभरि आँशु बहाउँदै भनिन्, “यो जिन्दगी बगरका ढुङ्गा र खस्रो बालु केलाउँदै र छेउ लगाउँदैमा जानेभयो ।”

रातु नदीको नदीउकास बगरमा बगैँचा खेती गर्दै आएकी थारूले बगैँचास्थलमै पुगेका सञ्चारकर्मीसँग भनिन्, “बगर खन्न थालेको सात वर्ष भयो, केही वर्ष उत्पादन र आर्जनमा ठिक रहे, तर पोहोर र यसपालिको लकडाउनले भने करङ भाँच्यो ।” मरीमरी खाइनखाई गरेको मेहनतले फलेका तरकारी बोट, लहरामै बुढिएपछि किसान बिलखबन्द परेका छन् ।

“हेर्नोस्, फलपूmलका बिरुवा लहलहाएका छन्, तरकारी बाली फस्टाएको छ”, नदीउकास बगरकै तरकारी किसान बृन्दादेवी थारू पनि रामज्योतिको जस्तै दुखेसो पोख्दै भन्छिन्, “तरकारी टिपेर बजार पु¥याउन सकिएन, खोज्दै यहीँ आउने व्यापारीले जेजति लगे लगे ।”

लकडाउनले गर्दा भाउ पनि व्यापारीकै चल्दा यसपालिको वैशाखी तरकारीको आर्जन लिन नसकिएको यहाँका आम किसान बताउँछन् ।

“अघिका केही वर्ष राम्रै थिए, पोहोर र यसपालि माहामारीले धोका दियो”, बगरखेती गर्ने भङ्गाहा–७ को दलित बस्तीकी रामरतिदेवीले भनिन्, “सधैँ एकनासको समय हुँदोरहेनछ, के गरौँ रु लगातार दुई वर्ष उत्पादन राम्रो भएर पनि बजार पु(याउन नसक्दा थला प(यौँ ।”

यसपालि उत्पादित तरकारी बजार पु(याउन जताततैको निषेधाज्ञाले नपाउँदा फसल बोटमै बुढिने र कुहिने गरेको आम किसानको भनाइ छ । वैशाखी तरकारीको प्रत्येक तीन दिनमा टिप्ने पालो पर्ने र ठिक समयमा नटिपे बोटमै बुढिने किसान बताउँछन् ।

कहिलेकाँही आफ्ना वरिपरिका बस्तीमा साइकल डुलाउँदै आउने व्यापारी देख्दा भगवान् नै आएजस्तो लाग्ने गरेको किसान बताउँछन् । “भाउ उनीहरूकै (व्यापारीको) हुने गर्छ, के गरौँ रु बोटमा बुढ्याउनभन्दा त जे हात, सो साथ भनेर दिने गरेका छौँ”, बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतो भन्छन्। बजारको प्रतिस्पर्धा नपाउँदा यसरी बेच्नुपरेकाले भाउ राम्रो नपाइएको भन्ने यहाँका आम किसानको गुनासो छ ।

खेतीको ठिक समयमा बिउ, मल र सुलभ कृषि ऋण नपाइने र सिँचाइको सुविधा नपाइँदा भगवान् भरोसे खेती गर्नुपरेको किसान बताउँछन् ।

“के गरौँ हजुर, चित्त बुझाउने ठाउँ नै देखिन्न”, जिल्लाको सुदूर दक्षिणी मटिहानी नगरपालिकाको वर्दाहाका तरकारी उत्पादक किसान मुस्लिम कवारी भन्छन्, “कमसेकम सिँचाइको व्यवस्थासम्म भए पनि निकै राहत हुन्थ्यो ।”

सर्वसाधारण किसानले खेतीमा सरकारबाट सहुलियत पाउन सकिएको अनुभूति लिन नपाएको बताएका छन् । खेतीका लागि समयमा मल, बिउ, ऋण र सिँचाइको व्यवस्थासँगै उत्पादित फसल बेचबिखनको भरपर्दो बजार नपाउञ्जेल आपmूहरूको जीवनमा सकारात्मक परिवर्तन नआउने आम किसानको भनाइ छ ।रासस

Leave a Reply

Your email address will not be published.