
- 156Shares
मकवानपुरगढी गाउँपालिकामा किसानलाई बाँदर धपाउने मेसिन वितरण गरिएको छ । बाँदरले किसानले लगाएका अन्नबाली नष्ट गरेपछि गाउँपालिकाले वडा नं। २ मा ९८ वटा बाँदर धपाउने मेसिन वितरण गरेको २ नम्बर वडाका वडा अध्यक्ष बखान सिं पाख्रिनले बताए ।
किसानले लगाएको बाली नष्ट गर्ने, बारको प्रकोपलाई नियन्त्रण गर्न उपकरण वितरण गरिएको उनले बताए । यसमा आवाज आउने, पड्किने र यसबाट बाँदर तर्सिने गर्दछ ।


