बंगुर फार्ममा फैलिएको आरटेरिभिरिडी फेमलीको भाइरस नियन्त्रणमा


  • 2
    Shares

धरानमा बंगुरहरुमा फैलिएको राइबोन्युक्लिक एसिड (आरएनए) समूहको ‘आर्टरी’ भाइरस नियन्त्रणमा आएको धरान पशु सेवा शाखाले जनाएको छ । धरानका विभिन्न वडामा फैलिएको भाइरस लगभग लगभग नियन्त्रणमा आएको पशु सेवा शाखा प्रमुख महेन्द्र पैकाराले बताए ।
 
‘रोगहरू एकदम नियन्त्रणमा आइसकेको छ’ उनले भने,‘स्याम्पल हामीले काठमाडौँ पढाएका थियौँ । रिपोर्ट नेगेटिभ आइसकेको छ । अब रोग नै छैन भने पनि भयो ।’ कार्यालयले स्याम्पल संकलन गर्ने, मरेको बंगुरको व्यवस्थापन गर्ने, जनचेतना फैलाउने कामहरू गरेको पनि उनले बताए । 

उनले मिडियामा बंगुरमा रोग फैलियो भनेर आए पछि मानिसहरूले मासु नै खान छोडिसकेको बताए । यसले गर्दा व्यावसायिक किसानहरू मर्कामा परेको गुनासो पनि उनले गरे । केही समय अघि धरानको वडा नं. ४,५,६ वडामा यो रोग फैलिएको थियो । 

बंगुरमा श्वासप्रश्वास र प्रजननसम्बन्धी रोग फैलिएपछि ठुलो नोक्सानी बेहोर्नु परेको किसानले बताएका छन् । सुरुमा धरान–५ खैरनीस्थित देवान कृषि फार्ममा पालिएका बंगुरमा भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि अरू फार्ममा भाइरस फैलिएको थियो ।

कस्तो खालको रोग हो ? मासु खान मिल्छ कि मिल्दैन ? 
यो रोग नितान्त बंगुरर सुँगुरमा मात्र सर्ने रोग हो । यो मानिसमा सर्दैन । ‘यो रोग बंगुरदेखि बंगुरमा मात्र सर्छ । मान्छेमा नसर्ने भएकाले आत्तिइहाल्नुपर्दैन’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, सुनसरीका पशु चिकित्सक डा. रमेश घिमिरे भने,‘लाखौँ रुपैयाँ लगानी गरेर व्यावसायिक बंगुरपालन गरेका किसानले भने ठुलो क्षति बेहोर्नु¥यो ।’
 
‘पहिलादेखिको नै रोग यो कुनै नौलो रोग होइन । तर यो पटक अलि बढी मात्रामा फैलिएको छ । यसमा व्यावसायिक किसानहरूले विशेष ध्यान दिन जरुरी छ ।’ उनले भने । यो रोगले विशेष गरी गर्भिणी बंगुर, प्रजननका लागि पालिएका वीर, बंगुर र पाठा पाठीहरुमाप्रभाव पार्ने गर्दछ ।

मानिसहरूले रोग फैलियो भन्ने बित्तिकै मासु नै खान छोडे । यसले गर्दा व्यवसायीहरू मर्कामा परे । मानिसमा यो रोग नसर्ने हुनाले बंगुरको मासु खान मिल्छ । मासुलाई राम्रोसँग पकाएर खान उनले सुझाव दिए । मरेको नभई स्वस्थ पशुको मासु राम्रोसँग पकाएर खान सकिन्छ । 

यो रोग  सरिरमा रहिरहन्छ र अरू रोगले पनि आक्रमण गर्छ । अहिले मौसम परिवर्तनका कारण यो रोग बढी मात्रामा फैली रहेको छ । यो रोग लागेमा 
बंगुरमा प्रजनन क्षमता कमजोर बनाउने, उच्च ज्वरो अनि निमोनिया हुने, बच्चा तुहाउने, बच्चा मर्ने, र स्वसप्रस्वासमा  असर गर्छ । यो रोगको भ्याक्सिन अहिले सम्म नेपालमा आएको छैन । त्यसैले व्यवसायी किसानहरूले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् । 

यो रोग कसरी सर्छ ?
– रोगी बंगुरको सिँगान
– रोगी बंगुरको वीर्य, पिसाब
– तुहिएका सालनालसँग स्वास्थ्य वंगुरको लसपस भएमा यो रोग चाडै फैलिन्छ ।

किसानले ध्यान दिनु पर्ने कुरा 

– नयाँ फार्मबाट बंगुर नल्याउने
– ल्याउनु परेमा ३ महिना अलग्गै राख्ने
– जैविक विषादीको प्रयोग गर्ने
– अर्काको खोरमा जथाभाबी नजाने
– चुनाहरू छर्कने
– बंगुर साटासाट नगर्ने
– संक्रमण भएको ठाउँमा बंगुर बिक्री वितरणमा रोक लगाउने
– बंगुरको खोरको नियमित सरसफाइ गर्ने 
– मरेको बंगुरलाई नफाली खाल्डो खनेर राम्रोसँग निर्मलीकृत गर्ने  

Leave a Reply

Your email address will not be published.