बर्दिया : स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तर्गत बर्दियाको तिनघरुवामा बाख्राका लागी निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिएको छ ।
एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालय, बर्दियाका अनुसार बाख्रा पालन किसानलाई लक्षित गरी क्षमता विकास सहित पशु स्वास्थ्य शिविर संचालन गरिएको हो । स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन भएका स्थानमा कार्यालयले पशु स्वास्थ सिविर मार्फत किसानका समस्या समाधान गर्न लागेको जनाएको छ ।
बाख्रामा खोप र स्वास्थ्य सेवा मात्र कृषकको पहुंचमा पुर्याउन सकेमा उत्पादन र उत्पादकत्व बढाउन सकिने कार्यालय प्रमुख विनोद घिमिरेले उल्लेख गर्नुभयो ।
आज गरिएको पशु स्वास्थ्य शिविरमा तिनघरुवाका ५८ घरपरिवारका ६४० बाख्रा, ३५ भैसी र केहि भेडा र गाईको उपचार तथा सेवा प्रदान गरिएको पशु सेवा प्रावधिक भोज बहादुर रावलले जानकारी दिनुभयो ।