
- 50Shares
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय किसान आयोगका रिक्त अध्यक्ष तथा सदस्यहरुकालागि आज अन्तर्वार्ता लिने भएको छ ।
गत फागुन १८ गतेसम्म परेको आवेदनअनुसार अध्यक्षमा ४ जनाको उम्मेद्धारी परेको छ । त्यसैगरी कृषि विज्ञ सदस्यहरुमा १० जना, किसान प्रतिनिधि सदस्यमा २५ तथा कृषि सहकारीमा आवद्ध किसान सदस्यमा ५ जनाको उम्मेद्धारी परेको छ । कृषि सहकारी आवद्ध किसान सदस्यमा अहिलेका सदस्य सचिव रविन्द्र केसी समेत परेका छन् । अन्तर्वार्तामा कृषिमन्त्री पद्यमा अर्याल, कृषि सचिव डा.योगेन्द्रकुमार कार्की आफै बस्नेछन् ।

अध्यक्षमा डीडीसीका जेनेरल म्यानेजर (जिएम) डा.विमलकुमार निर्मल, धनुषा, प्रधानमन्त्री केपी ओली नेतृत्वका किसान महासंघका संयोजक डा.प्रेमप्रसाद दंगाल, सुनसरी–इटहरी, प्रल्हाद लामिछाने, मकावनपुर र जुद्धबहादुर पुन, प्यूठान रहेका छन् । आयोगकका अध्यक्षको पद फागुन १२ देखि नै रिक्त थियो भने आयोगका सदस्यहरुको आउदो वैसाख ७ गते खाली हुदैछ । आयोगमा १० वर्ष काम गरेका कृषि विज्ञ एक, एक महिलासहित किसान प्रतिनिधि ३ र कृषि सहकारीमा आवद्ध किसान एक जनासहित छ सदसीय समिति हुनेछ । किसान प्रतिनिधिमा अहिलेका राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले पनि आवेदन दिएका छन् । त्यसैगरी कान्तिपुर टेलिभिजनका रिपोर्टन सुमन पन्तले समेत आवेदन दिएका छन् । उनको नाम पनि सिफारिसमा परेको छ ।

अध्यक्ष तथा केही सदस्यको नाम ‘डिक्लियर’ भएको दावी
आवेदन परेकाहरुमा पूर्व तथा वहालवाला कर्मचारीदेखि प्रधानमन्त्री केपी शर्मा ओलीका निकटतम् तथा कृषि मन्त्री पद्यमा अर्यालका स्वकिय सविच टेक लुइटेलका श्रीमति पुष्पा भुसालसम्म अन्तर्वार्तामा सिफारिसमा परेका छन् । स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको किसान महासंघका संयोजक डा. प्रम प्रसाद दंगाललाई अध्यक्ष बनाउने लगभग टुंगो लागिसकेको छ ।
त्यसैगरी कृषि मन्त्री पद्यमा अर्यालकी स्वकिय सचिव टेक प्रसाद लुइटेलका श्रीमति पुष्प भुसाललाई सदस्यमा ल्याइने पक्कापक्की जस्तै भएको दावी स्रोतको छ । उनी अहिले लुम्बिनी प्रदेशस्थित योजना आयोगकी सदस्य छिन् । उनी कृषि विज्ञ सदस्यमा अन्तर्वार्ताकालागि छनोट भएकी छन् । यता पक्कापक्की भएपछि उता राजिनामा दिएर आउने कृषि मन्त्रालय स्रोतको दावी छ । त्यस्तै महिला सदस्यमा कालिकोटकी जिवन्ती पौडेललाई ल्याइने जनाइएको छ ।
आवेदकहरुको स्वीकृत नामवली यस प्रकार रहेको छ…




