नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ जिल्ला कार्यसमिति वर्दिया द्वारा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरियको छ ।
नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघको आयोजना तथा त्रिभुवन नमुना मा.वि. भुरिगाउ बर्दियाको प्राविधिक तथा आर्थिक सहयोग्मा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन गरियको हो । ठाकुरबाबा नगरपालिका ८ सुतैयामा सम्पन्न भएको शिविरमा गाई भैंसी उपचार २५, गोवर परिक्षण १७, बोका सुमार्ने ५, रेविज विरुद्ध खोप ५ का साथै कुकुर मिनरल तथा भिटामिन वितरण र आन्तरिक परजीवी विरुद्ध औषधि वितरण १७० बाह्यय परजीवी विरुद्ध औषधि वितरण ४० गरि करिव २५० भन्दा बढिले सेवा लिएका थिए ।
जसमा प्राविधिक सेवा नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघका पदाधिकारीहरु साथै त्रिभुवन नमुना माविका भेटेरिनरी डाक्टर, तथा प्राविधिकहरुले दिएका थिए । यस्ता कार्यक्रम गरि सधै किसानको सेवामा रहने नेल्टा सचीव जीवन कडेलले बताउनु भयो ।