समुहका महिला किसानहरुलाई ग्रामिण कुखुरा वितरण


  • 180
    Shares


नेपालगन्ज : कुखुरा विकास फार्म खजुरा बाँकेले कोहलपुर ७ मा रहेको रजगढुवा ग्रामिण कुखुरा पालक कृषक समुहका महिला किसानहरुलाई आज सोमबार कुखुरा वितरण गरेको छ ।

जिविको पार्जन सुधार, खाध्य सुरक्षा तथा गरिबि निवारण कार्यक्रम अन्तर्गत भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्रि आरति पौडेलको विषेश उपस्थितीमा कुखुरा वितरण गरिएको हो । समुहका २० जना किसानहरुलाई प्रतिव्यक्ति ३० वटाका दरले कुखुरा वितरण गरिएको कुखुरा विकास फार्म खजुराका प्रवन्धक डा.शकर न्यौपानेले जानकारी दिनुभयो । किसानहरुलाई कुखुरा वितरण अघि ३ दिने कुखुरा पालन तालिम फार्मले प्रदान गरेको थियो ।

तालिम प्राप्त किसानहरुलाई ४२ दिने हुर्केका कुखुरा, ५ केजि दाना, भिटामिन, एन्टिबाइटिक लगाएतका औषधि साथै खोर निर्माणका लागी १० हजार समेत प्रदान गरिएको कुखुरा विकास फार्म खजुराका प्रवन्धक डा. न्यौपालेले बताउनुभयो ।

कुखुरा वितरण गर्दै कृषि मन्त्रि पौडेलले साना किसानलाई यस्ता कार्याक्रम प्रभावकारी हुने गरेको उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले साना र उत्पादन मुखि देखिने किसिमका कार्यक्रमहरु सन्चालनमा रहेकाले त्यसको सहि सदुपयोग गर्न अग्रसर भैदिन आग्रह गर्नुभयो ।

कुखुरा वितरण कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले साना किसानलाई अघि बढ्न यस्ता कार्यक्रमले हौसला प्रदान गर्ने बताउनुभयो । वितरण कार्यक्रम समितिका अध्यक्ष बिन्दु चलाउनेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.