जुम्लाका यूवाहरू व्यावसायिक कालिज पालनमा


सागर परियार,जुम्ला : पछिल्लो समय जुम्लाका यूवाहरू व्यावसायिक क्षेत्रमा उन्मुख हुँदै गएका छन् । कोरोनाका कारण घर फर्किएका अधिकांश जुम्ली युवा व्यावसायिक कर्ममा जुटेका छन् । कालिज पालन, कुखुरा पालन, टर्की पालन, स्याउ खेतीलगायतका व्यावसायिक कर्ममा अग्रसर भएका हुन् ।

जसमा जुम्ला गुठीचौर गाउँपालिका–४ का युवा महाकृष्ण पाण्डेले गाउँमै १५ लाख लगानीमा कालिज पालन व्यवसाय शुरु गरेका छन् । एक वर्ष पहिलेबाट व्यवसाय सुरु गरेका पाण्डेले कालिज पालनबाट मनग्य आम्दानी भइरहेको बताए । जंगली कालिजको संरक्षण गर्ने, उपभोक्तालाई कालिजको मासु उपलब्ध गराउने, चल्ला उत्पादन गर्ने लक्ष्यका साथ गाउँमै कालिज पालन सुुरु गरिएको पाण्डेको भनाइ छ । कोभिडपछि अर्थतन्त्र थलिएपछि रोजागरी पनि घुम्यो । जसका कारण जुम्लाका थुप्रै युवा विभिन्न व्यवसाय रोजेका हुन् ।

त्यसका साथै चन्दननाथ नगरपालिकाका ४ का सर्पानन्द हमालले पनि व्यवसायीक कालिज पालनबाटै मनग्य आम्दानी गरिरहेका छन् । सुुरुमा १ सय ५० भन्दा बढी कालिज पालन गरेका हमालले सबै विक्री गरेर अहिले २५–३० मात्रै छन् । कोभिडपछि लाखौको लगानी गरि व्यावसायिक कालिज पालन, कुखुरा पालन र फुजी स्याउ खेती गर्न लागेको हमालले बताए ।

कालिजलाई चिसो क्षेत्र चाहिने र चिसो स्थानमा कालिज व्यवसाय राम्रो हुने भएपछि जुम्लामा कालिज पालन व्यवसाय फष्टाउदै गएको पशुपन्छी विज्ञहरू बताउँछन् । चिसोमा हुर्किएका कालिजको मासु स्वादिष्ट हुने भएकोले पनि जुम्लामा माग बढ्दै गएको व्यवसायी हमालको भनाइ छ ।
यता नागरिक समाजका अध्यक्ष राज बहादुर महतले कोभिडपछि रोजगार गुमाएका युवाहरूको लगत संकलन गरी स्वरोजगार मुलक काममा बजेट लगानी गर्न आबश्यक रहेको बताए ।
जुम्लाको हावापानी संग सुहाउदो कृषि, पशुपन्छी व्यवसायमा बजेट छुटाएर यूवा रोजगारीलाई बढवा दिन कन्जुसाइँ नगर्नसमेत नागरिक अगुवा महतको सुझाब छ । साथै सरकारी तथ्यांकअनुसार मुख्यमन्त्री रोजगार तथा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट जुम्लाका करिब १५ हजार युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । भने, अधिकांश यूवालेकोभिडपछि कृषि, उद्योगधन्दा गरेरै स्वदेशमै भविष्य देखेका छन् । तर, स्थानीय सरकारले भने यूवाहरूका क्षेत्रमा लगानी गर्न कन्जुसाइँ गरिरहेको यूवाहरूको गुनासो छ ।

तातोपानी २ का महेश डाँगीसहित पाँच जना युवाले २ हेक्टर जमिनमा लिजमा लिएर व्यवसायीक तरकारी खेती गरेका छन् । विदेशको कमाईले स्वदेशमा तरकारी खेती गरे यूवालेहरूले स्थानीय सरकारले व्यवसाय विस्तारमा लगानी गर्ला भनेर सोचेका थिए ।

Leave a Reply

Your email address will not be published.