कृषि बिमा लागत अनुसार हुन नसकेको किसानको गुनासो


  • 64
    Shares

जीतसागर जी.एम. तुलसीपुर : किसानमा कृषि बिमाबारे सचेतना बढाउन तुलसीपुरमा किसान तथा सरोकारवालाई अभिमुखिकरण गरिएको छ । कृषि बिमाबारे सचेतना पुग्न नसक्दा कृषि बिमा गराउने किसानको संख्या बढ्न नसकेकोले किसानलाई अभिमुखिकरण गरिएको कृषि शाखा प्रमुख धनराज गौतमले जानकारी दिनुभयो ।

उहाँले कृषि बिमा निर्देशका २०७७ को बारेमा जानकारी दिदै सरकारले कृषिको प्रवर्द्धनका लागि कृषि बिमा कार्यक्रम ल्याएको बताउनुभयो । कृषिको बिउ पुँजी सुरक्षित गर्न किसानमा कृषि बिमाबारे सचेतना पुग्न जरूरी रहेको उहाँले बताउनुभयो । कृषि बिमा गर्नका लागि सम्बन्धित बिमा कम्पनी वा कृषि कार्यालयमा सम्पर्क राख्नुपर्ने बताउनुभयो । उहाँले तुलसीपुरमा कृषि बिमाका लागि १२ जना अभिकर्ता रहेको बताउनुभयो ।

पशु सेवा शाखाका प्रमुख सुवास आचार्यले घोडा बाहेकका सबै पशुपंक्षिको बिमा गर्न सकिने बताउनुभयो । उहाँले कृषि बिमाको प्रिमियममा सरकारले ७५ प्रतिशत बेहोर्ने र किसानले प्रिमियमको २५ प्रतिशत रकम मात्र आवश्यक भएको बताउनुभयो ।बिमाको लाभ लिनका लागि व्यवसायीक फर्म आवश्यक नपर्ने उहाँको भनाइ छ । शाखा प्रमुख गौतमको अध्यक्षता एवम् नगरउपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम भएको हो ।

प्रमुख अतिथि आचार्यले किसानको पुँजी सुरक्षित गर्न सरकारले कृषि बिमा अघि सारेको बताउनुभयो । तुलसीपुर-१७ मज्गैँका बाबुराम घिमिरेले कृषि बिमा झन्जटिलो भएको बताउनुभयो । बाख्रा तथा घाँस खेती व्यवसायीकरुपमा गरिरहनुभएका घिमिरेले आफुले दाङमा बयर जातको बाख्रापालन गर्न लागिरहेको तर लागत अनुसारको बिमा हुन नसकेको बताउनुभयो ।

कृषि बिमा गरिरहेको नेशनल ईन्स्योरेन्स दाङका संजय श्रीवास्तवले दाङमा कृषिबिमालाई प्रभावकारी बनाउन अभिकर्ता गाउँ-गाउँमा पठाउन थालेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.