सकियो वीउ विजन गुणस्तर नियन्त्रण सम्बन्धी ५ दिने तालिम


  • 25
    Shares

प्रदेश स्तरमा वीउ व्यवसायिहरुलाई वीउ विजन गुणस्तर नियन्त्रण सम्बन्धी ५ दिने तालिम दिईएको छ ।

वीउ विजन प्रयोगशाला खजुराको आयोजनामा लुम्बिनी प्रदेशका ६ जिल्लाका १५ जना व्यवसायिक किसानहरुलाई वीउ विजन उत्पादन सम्बन्धि तालिम दिईएको हो । व्यवसाियक किसानहरुलाई गुणस्तरिय वीउ उत्पादन गर्न सधाउ पुगाउने उदेश्यले बाँकेको खजुरामा तालिम प्रदान गरिएको हो । तालिममा सहभागि व्यवसायिक किसानहरुलाई वीउ बालि निरिक्षण, उत्पादन तथा वीउ छनोट लगाएतका विषयमा सिकाई प्रदान गरिएको प्रयोगशालाले जनाएको छ ।

तालिममा वरिष्ठ बालि बिकास अधिकृत दिलिप सिंह, माटो विज्ञ खिम बहादुर केसी, अधिकृत भुवन ढुंगाना, सहायक पाँचौ निरज अधिकारी लगाएतले सहजिकरण गर्नुभयको थियो ।

तालिम पश्च्यात व्यवसायिक किसानहरुले वीउ उत्पादनलाई थप विस्तार गर्दै गुणस्तरमा विशेष ध्यान दिनुहुने अपेक्षा गरिएको छ । लुम्बिनी प्रदेशका ६ जिल्लामा आफ्नो सेवा प्रदान गरिरहेको प्रयोगशालाले किसानहरुलाई बिभिन्न समयमा तालिमहरु प्रदान गर्दै आयको छ । तालिम लिएका किसानहरुले उत्पादन गरेको बिउ बिजन गुणस्तर उक्त हुने गरेको प्रयोगशालाले जनायको छ ।

Leave a Reply

Your email address will not be published.