दाङ, रुपन्देही, बाँके र पाल्पामा कुखुरापालनतिर कृषकको चाहना बढदै


खगेन्द्र दाहाल, नेपालगन्ज : कुखुरापालन व्यवसाय रोजगारी, गरिबी न्युनीकरण, खाद्य सुरक्षा, कुपोषण न्युनीकरण र जनस्वस्थ्य संरक्षणमा प्रत्यक्ष सहयोग गर्ने व्यवसाय हो । स्वरोजगार मुलक व्यबसाय हो यस व्यवसायले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरैलाई रोजगारी दिएको अवस्था छ । कुखुरा पालन आयआर्जन मुलक व्यबसाय हो । यस व्यवसायले मानव स्वास्थ्यलाई सुरक्षीत राख्ने अण्डा, मासु जस्तो सन्तुलित र प्राकृतिक खाद्यपदार्थ वा पौष्टीक तत्व प्रदान गर्दछ ।

यो प्रोटिनयुक्त खाद्यपदार्थ (मासुमा २१% र अण्डामा १३% प्रोटिन) भएकोले शरिरमा रोग बिरुद्घ लड्नशक्ने शक्ति वा एन्टीबडी उत्पादन गर्न सहयोग गर्छ । मानव शरीर र दिमागको सम्पूर्ण विकासमा आवश्यक पर्ने पशुजन्य प्रोटिन प्रदान गर्छ । कुखुराको मल अर्गानिक कृषि उत्पादनको (खेतीपाती) लागी उत्तम हुन्छ ।

दाङ, रुपन्देही, बॉके, पाल्पामा कुखुरापालन व्यवसायमा कृषकको चाहना बढदै आएको पाइएको छ । लुम्बिनी प्रदेशको दाङ जिल्लामा सबैभन्दा धेरै मात्रामा कुखुरा पालन हुदै आएको छ । दाङ जिल्लामा ३१ लाख ८० हजार ९ सय ३९ वटा कुखुरा पालन हुदै आएको छ । त्यस्तै रुपन्देहि जिल्लामा ११ लाख २३ हजार ५ सय ६५ वटा कुखुरा पालन हुँदै आएको छ भने बाँके जिल्लामा ११ लाख १३ हजार १९ वटा हालसम्म पालेको देखिन्छ । त्यस्तै अन्य जिल्लामा यि तिन जिल्लाको तुलनामा कमै मात्रामा कुखुरा पालन भएको कुखुरा विकास फार्म खजुराले जनाएको छ ।

प्रदेशका जिल्लाहरुमा भइरहेको कुखुरापालनको अवस्था हेर्नेहो भने लुम्बिनी प्रदेश कुखुराको मासु, अण्डामा आत्मनिर्भर भई अन्य प्रदेशमा निर्यात समेत गरिरहेको छ । कुखुरा बिकास फार्म, खजुरा लुम्बिनी प्रदेशमै रहेकाले पनि फार्मले कुखुरा पालन व्यवसायलाई विकास गर्न अहम भुमिका खेलेको व्यवसायिहरु बताउछन । रुपन्देही र दाङमा धेरै सख्यामा ह््याचरी वा स्रोतकेन्द्र स्थापना भएका छन । कुखुरापालन व्यवसायलाई सहयोग गर्न संघ, प्रदेश, स्थानिय तह एवं अन्य संघसस्थाहरुबाट पहल हुदाँ व्यवसायिहरु झनै उत्साहित बनेका छन ।

लुम्बिनी प्रदेशका जिल्लाहरुमा कुखुराको दानाको कच्चा पदार्थहरु सहज रुपमा उपलव्ध हुने भएकाले पनि व्यवसाय गर्न सहज बनेको कुखुरा व्यवसायिहरुले बताए । लुम्बिनी प्रदेशमा कुखुरा पालनमा आर्कषण बढदै गएको भएपनि एक स्थानिय तह एक भेट्नरी डाक्टर र हरेक वडामा एक एक प्राबिधिक आवश्यक हुदाँ पनि उक्त कार्य हाल सम्म नहुँदा व्यवसायिहरुलाई पुर्ण रुपमा सेवा दिन सरकारले नसकेको गुनासो स्वयम व्यवसायिले गर्ने गरेका छन ।

लुम्बिनी प्रदेशका जिल्लाहरुमा रोगको सर्भिलेन्स वा निगरानी माहामारी रोग तथा जुनोटिक रोग अन्वेषण तथा नियन्त्रण कार्यक्रम कमी हुदाँ आवश्यक समयमा उचित काम हुन सकेको छैन । हरेक जिल्ला र स्थानिय तहमा प्रयोगशालाहरुको कमी छ जसका कारण कुखुरा विरामि हुँदा अन्य प्रदेशमा पुग्नपर्ने अवस्था रहिआएको छ । अनि कुखुरामा न्युनतम समर्थन मुल्य नतोकिदा विचौलियाले यसको फाइदा उठाइरहेका छन । किसानहरुले सरकारले नै कुखुराको समर्थन मुल्य तोक्नुपर्नेमा आवाज पनि उठाइरहेका छन ।

खुल्ला सिमाना भएका कारण अबैध रुपमा पंन्छी तथा पन्छीजन्य पदार्थको ओसार पोसार हुने हुदाँ नेपालका किसानहरुलाई मर्कामा पार्ने गर्दा यसको रोकथाममा चुनौति थपिएको छ । धेरै ताल तलैया भएकोले बसाई सराई गरेर आउने चराहरुले बर्ड फ्लु, रानिखेत जस्ता माहामारी रोग ल्याउन सक्ने चुनौति पनि रहेको कुखुरा विकास फार्म खजुराका प्रबन्धक डा. शकर न्यौपानेले बताउनुभयो ।

3 thoughts on “दाङ, रुपन्देही, बाँके र पाल्पामा कुखुरापालनतिर कृषकको चाहना बढदै

  1. Everything is very open with a really clear clarification of the issues. It was really informative. Your website is very helpful. Many thanks for sharing! Anjela Tomlin Geier

  2. Metaverse projelerinin en bilinenleri arasında yer alan Atlas coin geleceği açısından oldukça merak ediliyor. Son dönemlerde genişleyen Metaverse dünyasını yakından takip eden yatırımcılar, Star Atlas (ATLAS) gibi projeleri araştırmaya başladı. Peki, Atlas coin tam olarak nedir ve neler vadediyor? Atlas coin geleceği nasıldır? Uzman analistler tüm bu sorulara yanıt veriyor. İşte Star Atlas coin dünyası…Atlas Coin NedirAtlas Coin GeleceğiStar Atlas Coin AlınırmıAtlas Coin GrafikStar Atlas

Leave a Reply

Your email address will not be published.