
- 20Shares
काठमाडौँ, १ फागुन । नेपाल भेटेरिनरी एसोसिएसन गण्डकी प्रदेशका अध्यक्षमा डा. केदारराज पाण्डे चयन भएका छन् । आज पोखरामा आयोजित साधारण सभा तथा अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो ।
त्यसै गरी एशोसियनका उपाध्यक्षमा डा शोभा शर्मा, सचिवमा डा राजेश चौधारी, सह सचिवमा डा गणेश के सी, कोषाध्यक्षमा डा अनन्त तिवारी चयन भएका छन् । यस्तै सदस्यहरूमा डा प्रकाश अधिकारी, डा अपार पौडेल, डा सुरेश नेपाली, डा रोशन ज्ञवाली, डा बुद्धिलाल तामाङ, डा अभिनाश भट्टराई चयन भएका छन् ।




