बार्षिक २५ सय बढि किसानलाई मल वीउको सेवा दिएका छौँ – अध्यक्ष खनाल


  • 367
    Shares


सहकारी सस्था लिमिटेड खजुरा,बाँके एक बहुउदेश्य सहकारी सस्था भएपनि किसानहरुलाई अति आवश्यक पर्ने मल आपुर्तिको काममा अग्रसर रहेको छ । सहकारीले लामो समयदेखि किसानलाई मल उपलव्ध गराउदै आएको छ । २०२३ सालमा स्थापना भएको सस्थाले आफ्नो २७ औँ साधारण सभा २३ गते शुक्रबार आयोजना पनि रहेको छ । सहकारीले गरेका काम, किसान तथा सेवाग्राहिले पाएका सुविधा र आगामि योजनाका बारेमा किसान आवाज डटकमले सहकारीका अध्यक्ष निर्मल खनालसगं कुराकानी गरेको छ ।

सहकारी सस्था लिमिटेड खजुराले के के काम गर्छ ?
हाम्रो सहकारी बहुउदेश्य पनि भएकाले वीउ विजन उत्पादन, मलखाद तथा अत्यावश्यक किराना सामाग्रीहरुको विक्रि वितरण गर्ने र बचत संकलन, ऋण लगानीका कार्यहरु गर्दै आइरहेका छौ ।

सहकारीमा सेवा ग्राहिको माग कस्तो छ ?
विशेषगरि सहकारी सस्थामा किसानहरुले मल कै माग धेरै गर्नुहुन्छ, सोहि अनुसार सहकारीले पनि मलको आयात निर्यातलाई बढि ध्यान दिदै जति सक्दो चाडो किसानका माझमा रसायनिक मल पुगाउन काम गरिरहेका हुन्छौ । किसानले युरिया, डिएपी, पोटास जस्ता कल समयमै पाउनुपर्ने भन्दै सिजन अघिनै हामिलाई झकझकाउने काम पनि गरिरहनुहुन्छ । सोहि अनुसार हामिले समन्वय सहकार्य गर्दै मल अभावलाई पुरा गर्न काम गरिरहेका हुन्छौ । मल आपुर्तिमा राज्यले नै पुगाउन नसकिने अवस्थामा हामिले विभिन्न सरोकारवाला सगं धाएरै भएपनि मल किसानलाई उपलव्ध गराएका छौ । जिल्लामै बढि हाम्रो सहकारी मार्फत किसानहरुलाई मल उपलव्ध गराउदै आएका छौ ।

एक वर्षमा कति मल विक्रि वितरण गर्नुहुन्छ ?
हामिले एक वर्षमा कम्तिमा पनि पाँचहजार कुईन्टल भन्दा माथि युरिया मल किसानललाई उपलव्ध गराउदै आएका छौ । त्यहि अनुपातमा डिएपी र अन्य मलहरुपनि जाने गरेको छ । हालै मात्र साल्टबाट २५० कुइन्टल मल सहकारीमा भित्राइसकेका छौ । अरु रसायनिक मल पनि ल्याउने तयारीमा छौ ।

गुनासो के भनेर आउछ ?
सहकारीमा गुनासो त समयमा मल पाउन सकिएन भनेर नै आउछ । यो विचमा हाम्रो कार्यक्षेत्रमा भएका किसानलाई मात्र नभएर कार्यक्षेत्र बाहिरका किसानलाई पनि मल दिन परेकाले अभावको सिर्जना भएको थियो त्यसैमा किसानहरुको पनि गुनासो आएको हो । अरु सहकारीहरुले पनि हामिले जस्तै काम गरिदिएको भए यस्तो समस्या गुनासा आउने थिएन । अन्य सहकारीले आफ्नो कार्यक्षेत्रका किसानको माग अनुरुप मल उपलव्ध नगराउँदा त्यसको मार हामिमा आयो र सबैलाई मल पुगाउन सकिएन । अन्य गुनासो भने आउने गरेको छैन् ।

कति किसानहरुलाई सेवा दिन सक्नुभएको छ ?
पहिलेको त यस खजुरा क्षेत्रका अधिकाश किसानहरुलाई हामिले नै सेवा प्रदान गर्ने गरेका थियौ भने अहिले कार्यक्षेत्र तोकिएकाले पनि पहिले भन्दा आधा कमलाई सेवा दिइरहेका छौ जसमा २५ सय किसानहरु रहेका छन ।

सहकारीको आगामि योजना के हो ?
आगामि योजना त सकेसम्म किसानलाई भने जति मल वीउ उपलव्ध गराउने प्रयास नै हुनेछ । हामिले वीउमा अभाव हुन नदिन ग्रडिङ्ग मेसिन पनि जडान गरि कार्य थालनी गरिसकेका छौँ । उपयोग्य बस्तु नुन, चिनि, सावुन पनि अभाव हुन नदिन कार्य गर्ने नै हो । बजार मुल्य भन्दा केहि सस्तो हाम्रो सहकारीबाट उपभोत्तालाई उपभोग्य सामाग्री उपलव्ध गराउदै आएका पनि छौ यसैलाई थप व्यवस्थित बनाउदै संचालन गर्ने योजना हो ।

चुनावि साधारण सभामा यहाँको इच्छा के हो ?
मैले दुई कार्याकाल अध्यक्ष भएर सस्थाको सेवा गरिसके अव अरु साथिहरुलाई पनि नेतृत्व गर्न दिनुपर्छ भन्ने लागेरै यस पटक नेतृत्वमा नबस्ने निर्णय गरेको छु । सधै एकै व्यक्ति नेतृत्वमा बसिरहन पनि नहुने भएकाले अन्य साथिहरुलाई पालो दिने निर्णय गरेको हु । म नेतृत्वमा नरहेपनि सहकारीको हक हितका लागी सदैव लागिरहने छु, मेरो सहयोग समर्थन सधै रहिरहनेछ ।

Leave a Reply

Your email address will not be published.