कृषि सल्लाह: खाद्यन्न, तरकारी, फलफूल तथा कफिकालागि यो साताको मौसम


  • 17
    Shares

खाद्यान्नबाली
•    धानचमर निस्कने बेला भएको हिँउदे मकैमा गोडमेल र सिँचाई गरिसकेपछि ३.६ के.जी. युरिया प्रति कठ्ठा वा ५.४ के.जी. युरिया प्रति रोपनीका दरले दोश्रो टपड्रेस गर्नुहोस्।
•    गहुँ छरेको २०-३० दिन भित्र [मुकुट जरा (crown root initiation) पलाउने अवस्था] गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई गर्नुहोस्। यस समयमा सिँचाई गरिएन भने मुकुट जरा सुक्न गर्इ गहुँको उत्पादनमा कमि हुन जान्छ। गहुँ पहेँलो हुने समस्याबाट बच्न सिँचाई गर्दा पानी जम्न नदिन विशेष ध्यान दिनुहोस्। जिरो टिलेज प्रविधिबाट लगाइएको गहुँ खेतमा परम्परागत तरिकाबाट लगाईएको गहुँको तुलनामा कम पानीले सिँचाई गर्न सकिने हुँदा विशेष ध्यान दिनुहोस्। 
•    चिस्यानको अवस्था हेरि २५-३० दिनमापहिलो र ५०-५५ दिनभैसकेका गहुँबालीमा दोश्रो टपड्रेस २.९ के.जी. युरिया प्रति कठ्ठा वा ४.४ के.जी. युरिया प्रति रोपनीका दरले गर्नुहोस्।
•    गहुँबालीमा झारपात व्यवस्थापनको लागि गहुँ रोपेको ३०-४० दिनभित्र सल्फोसल्फ्युरन ७५% डब्लु.जी. २ ग्राम प्रति रोपनी वा १.३ ग्राम प्रति कट्ठा ४२ एम.एल. सरफेक्टेन्टमा मिसाई २५ लिटर पानीमा एक रोपनीको लागि वा १७ लिटर पानीमा एक कठ्ठाको लागि माटोमा चिस्यानभएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
• विशेषगरि पराल ओछ्याइएको रजिरो-टिलेज प्रविधि अपनाइने खेतमा लगाएको गहुँबालीमा फौजीकी रा (रातीको समयमा बालीमा नोक्सानी गर्ने र दिउँसोलुकेर बस्ने)लेनोक्सानीपु-याउने संभावना ज्यादा हुने भएकोले नियमित अनुगमन गर्नुहोस्।

•    तोरीबालीमा लाही कीरा लागे-नलागेको नियमित अनुगमन पहेँलो स्टिकि ट्रयाप (Yellow sticky trap) बाट गर्नुहोस् र आवश्यक्ता अनुसार १ भाग गाईको गहुँत र ४ भाग पानी मिसाएर रातभरि राखेर लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्। डाइमेथोएट ३०% ई.सी.,२ एम.एल. प्रति लिटर पानीमा वा प्रकोप ज्यादा भएमा मालाथियन ५०% इ.सी.,२एम.एल. प्रति लिटरको दरले पानीमामिसाई लाही लागेको ठाँउमा भिज्नेगरि छर्कनुहोस्।

•    तोरीबाली समूहमा लाग्ने अल्टरनेरिया डढुवा रोगको प्रकोप कम गर्न मेन्कोजेवयुक्तविषादी-डाइथेन एम-४५ दुई ग्राम प्रति लिटर पानीकादरले छर्कनुहोस्।

फलफूल बाली
•    जाडोयाममा फलफूलका विरुवाहरु सुषुप्त अवस्थामा हुने हुनाले कटिङ्गद्वारा विरुवा प्रशारण गर्न सकिने अनार, अंगुर जस्ता फलफूलमा तीन आँख्ला भएको लामो शिसाकलम साइजको (१५-२० से.मी.) १ वर्ष पुरानो हाँगा छानी वालुवा, माटो र कम्पोष्ट मलखाद १:१:१ को अनुपातमा बनाइएको ब्याडमा कटिङ्ग राख्नुहोस्।
•    यसै वर्षका तीखेती शुरु गर्नु भएका कृषकहरुले कागतीको पात र कलिला मुनालाई तुसारोबाट जोगाउन बाँसको भाटाउल्टो भी आकार () मागाडेरपराललेछोप्नुहोस्।
•    सबै प्रकारका फलफूलमा मलखाद राख्ने उपयुक्त समय भएकोले सिफारिस गरिएको मात्रा मिलाई मलखाद राख्नुहोस्।मलखाद राखिसकेपछि सिँचाईगर्नुहोस्।
•    सिँचाई सुविधा भएका कागती बगैँचामा डबल रिङ्ग (डबल औँठी आकारको कुलेसो) बनाई सिँचाई गर्नुहोस्। सिँचाई सुविधा नभएमा स्याउला, घासपात वा कालो प्लाष्टिकको छापो राख्नुहोस्।
•    पतझड फलफूलको बगैँचा स्थापनाको लागि एक घन मिटर साइजको खाडल (१ मिटर गहिरो तथा १ मिटर ब्यास भएको) खनी करिब एक महिना सुकाउनुहोस्। सो खाडलमा सुकेका पातपतिंगर तथा झारपात राखी जलाउनुहोस्। यसो गर्नाले खाडलमा भएका किटाणुहरु तथा कीराका फुल नष्ट हुन्छन्।
•    पतझडफलफुलबगैंचामाकाँटछाँटसुरुगर्नुहोस्। काँटछाँट गर्दा बनेका घाउहरु तथा बिरुवाको काण्डमा १० प्रतिशतको बोर्ड़ोपेष्ट (१०० ग्राम नीलोतुथो, १०० ग्राम चुन प्रति लिटर पानी) बनाई लगाउनुहोस्। साथै१प्रतिशतकोबोर्ड़ोमिश्रण (१०ग्रामनीलोतुथो, १०ग्रामचुनाप्रतिलिटरपानी) तयारगरिबिरुवाकोसम्पूर्णभागभिज्नेगरिछर्नुहोस्।
•    सुख्खायाम भएकोले माटोमा ओस कायम राख्न फलफूलको बोट वरिपरि छापोको व्यवस्था गर्नुहोस्।
•    कागती वा निबुवा खेती गर्नुभएका कृषकहरुले कागतीकोपात खन्ने सुलसुले लाग्ने भएकोले करेसाबारीमा भएका बोटमा गाईको गहुँत वा निमको पातको झोल १ भागमा ३ भाग पानी मिसाई ५-५ दिनको फरकमा ३ पटक छर्नुहोस्। व्यवसायिक कागतीखेती गर्ने कृषकहरुले रोगर २ एम.एल. प्रति लिटर पानीमा घोलेर सात दिनको फरकमा ३ पटक छर्नुहोस्।
•    आँपको बोटमा विकृति (म्याङ्गोमालफर्मेसन) देखापरेमा रोगीकलिलाहाँगाहरुकाटछाँटगरेर हटाई १ग्रामएन.ए.ए. (न्याप्थालिनएसिटिकएसिड) प्रति५लिटरपानीमाघोलीबोटकोपातभिज्नेगरिछर्नुहोस्।सूर्यकोकिरणलेहर्मोनकोअसरलाई कम गर्ने हुँदा एन.ए.ए. घोलअँध्यारो ठाउँमा मात्र तयारगर्नुहोस्।
•    केराको काइयो बनिसकेपछि बुङ्गो काटेर हटाउनाले कोसाहरु प्रष्ट भइ घरिको तौल बढ्ने हुँदा नियमित अवलोकन गरि बुङ्गो हटाउनुहोस्।
•    बाक्लो कुहिरो लागिरहेकाजिल्लाहरुकाकेराखेतीगर्नेकृषकहरुलेटिस्यूकल्चरप्रविधिबाटतयारगरिएकाकेराकोजि-९वाविलियमहाइब्रिडजातहरुयसैवर्षलगाउनुभएकोछभनेबाँसकोभाटाउल्टोभीआकार () मागाडेर परालले छोप्नुहोस्। यसो गर्नाले अत्याधिक चिसोबाट केराको गुवोडढ्ने समस्या कम हुन्छ।
•    तराईका जिल्लाहरुमा गत वर्ष जस्तै यसवर्षपनि केराको गुवोमर्ने/डढ्ने/कुहिने र पसाउन लागेको बुङ्गो बाहिर निस्कन नसक्नेसमस्या देखिन सक्छ। यस्तो समस्या ठण्डी/कुहिरो/अतिचिसोको कारणले हुन सक्ने भएकोले घरीलाई सेतो प्लाष्टिकले बेरिदिनुहोस्।

•    केराको वोट ओइलाउने (पानामा रोग) देखिएमा रोग लागेको बोट विरुवा उखेलेर हटाउने, नयाँ विरुवा सार्नको लागि रोग नलागेको क्षेत्रबाट ल्याउने तथा कार्बेन्डाजिम (बेभीष्टिन) १ लिटर पानीमा २ ग्राम घोली बोटको फेद भिजाउने तथा पातमा छर्नुहोस्। वाकपर अक्सिक्लोराइड २ ग्राम प्रति लिटर पानीमा घोली बोट र जरा भिज्नेगरि छर्नुहोस्। 
•    स्याउको दादे रोग व्यबस्थापनका लागि बगैँचा सफा राख्नुहोस् साथै पात र कुहिएको फललाई टिपेर खाल्डोमा पुर्नुहोस्। बोटको प्रत्येक हाँगामा सुर्यको प्रकाश पुग्ने गरि रोगी हाँगा/ भागहरु काटेर हटाउनुहोस्, पात झर्नु भन्दा अगाडि कार्बेन्डाजिम ५०% डव्लु.पी. १ ग्राम प्रति लिटर वा थायोफोनेट मिथाईल ७०% डव्लु.पी. (टपसिन एम.) ०.७५ ग्राम प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा २-३ पटक सम्पूर्ण बोट भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।

कफि बाली
•    नर्सरी सेडहाउसमा चारैतिर एग्रो नेट र साधारण प्लाष्टिकको प्रयोग गर्नुहोस्।
•    समुन्द्र सतह देखि १००० मि. सम्मको उचाईमा लगाईएको कफी पाक्ने बेला भएकोले पहिलो टिपाई समयमै गर्नुहोस्। टिपिसकेपछि सम्भव भएको उचित विधीबाट पोस्टहार्भेस्ट व्यवस्थापन गर्नुहोस्।
•    बीउको लागि राम्रो बोट, हाँगा र झुप्पा छनोट गर्नुहोस् र राम्ररी पाकेका दानाहरुलाई बोक्रा खोल्स्याएर पार्चमेन्टलाई घाम नपर्ने ठाउँमा खरानीले उपचार गरेर राख्नुहोस्।
•    लामो समयदेखि वर्षात नभएकोले बगैंचामा सिँचाईको प्रवन्ध गर्नुहोस्।
•    कफी नर्सरीमा वृद्धि विकासको अवस्था हेरि झोलमल र शुक्ष्म खाद्यतत्वको छर्नुहोस्।
•    सिन्दुरे रोगको लक्षण देखिएमा बढी भएको छहारी हटाउनुहोस्। रोग लागेका हाँगा र पातहरु काटेर जलाउनुहोस्। १% को बोर्ड़ो मिश्रण तयार गरि पातको माथिल्लो र तल्लो भाग समेत भिज्नेगरि छर्कनुहोस्।
 चित्र: राम्ररी पाकेका कफीका चेरी    चित्र:: पातको माथिल्लो भागमा देखिएको सिन्दुरे रोगकोलक्षण

तरकारीबाली
•    आलु रोपेको ६-८ हप्ताको समय (Tuber Initiation Stage) मा चिस्यानको हिसाबले संवेदनशील हुन्छ। यो समयमा आवश्यक चिस्यान कम हुदाँ उत्पादनमा प्रत्यक्ष प्रभाव देखिने हुँदा गोडमेल र उकेरा लगाई खेतको चिस्यान अनुगमन गरि सिँचाई गर्नुहोस्।
•    उच्च पहाडमा फागुनमा गरिने आलु खेतीका लागि कुफ्रिज्योति, खुमल लक्ष्मी, खुमल सेतो-१, खुमल उज्वल जातहरूको उपलब्धता सुनिश्चित गर्नुहोस्। जग्गा तयारीका लागि १००० के.जी. कम्पोष्ट मल तथा १०.९ के.जी. डि.ए.पी., २.२ के.जी. युरिया र ५.० के.जी. म्युरेट अफ पोटासका दरले उपलब्धता सुनिश्चित गर्नुहोस्।
•    उच्च पहाडमा भण्डारणमा राखिएको आलुमा नियमीत अनुगमन गर्नुहोस्।
•    सुख्खायामभएकोलेतराईमाआलुलगाएकोजग्गामामाटोसुख्खाभईधाँजाफाटेमाआलुकोदानामा लाग्ने पुतलीकोप्रकोपबढि हुनेरत्यसलेपछिभण्डारणमाक्षतिपुर्याउनेहुँदाआलु खन्नुअघिसम्मजमीनबाहिर दानानिस्कननपाउनेगरि (कम्तीमा२इञ्च)माटोचढाइराख्नुहोस्। आलुकादानाबाहिरदेखिएमाआलुहरियोभई विषाक्त हुने भएकोले त्यस्तादानाखानका लागि प्रयोग नगर्नुहोस्।
•    मध्यपहाडमा माघमा गरिने आलु खेतीका लागि कोल्डस्टोरबाट झिकि राम्रोसँग टुसाएको जनकदेव, कुफ्रिज्योति, डेजिरे, खुमल लक्ष्मी, खुमल रातो-२, खुमल सेतो-१, खुमल उज्वल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातहरूको बीउ रोप्नुहोस्।
•    बिहानीपख कुहिरो लाग्ने हुनाले आलुबालीमा पछौटे डढुवा रोगको अनुगमन गर्नुहोस्। यस्ता लक्षण देखापरेमा मेन्कोजेब ७५% डब्लु.पी. २ ग्राम प्रतिलिटर पानीमा मिसाएर आलुको बोट भिज्नेगरि अपरान्हपछि स्प्रे गर्नुहोस्। प्रकोप बढी भएमा फेनामिडोन १०%+ मेन्कोजेब ५०% डब्लु.जी. वा डाइमेथोमोर्फ ५०% डब्लु.पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर स्प्रे गर्नुहोस्। यस रोगबारे अनुसूची-२ मा विस्तृतमा दिईएको छ।
•    तराई, भित्री मधेश तथा बेँशी क्षेत्रमा असोज-कात्तिकमा लगाएको बीउ आलुमा रगिङ्ग गर्नुहोस्।
•    तराईमा लगाइएको आलुबालीमा लाही कीराको प्रकोप बढ्ने र भाइरस रोग लाग्ने संभावना रहेकाले व्यवस्थापनका उचित विधिहरु अपनाउनुहोस्।
•    तराईमा लगाएको वीउ आलुपरिपक्क भएको अवस्थामा हाल्म पुलिङ्ग गर्नुहोस्। हाल्मपुलिङ्ग गर्दा आलुका दाना बाहिर ननिस्कने गरि बोटलाई दुईतिरबाट दबाएर उखेल्नुहोस्। 
•    मध्यपहाडी क्षेत्रमा लहरे तरकारी बालीहरुको पोलीब्यागमा बेर्ना तयार गर्नुहोस्। 
•    लहरे तरकारी बालीहरुको बेर्ना उम्रिसकेको भए सेतो प्लाष्टिककोछानोदिनको समयमा उघार्ने र रातिको समयमा छानो ओढाउनुहोस्। 
•    नर्सरी ब्याडमा बेर्ना उमार्ने समयमा फेद काट्ने कीरा र बेर्ना कुहिने रोगको व्यवस्थापन गर्न क्लोरपाईरीफस १६% ई.सी. को ०.५ एम.एल. र कार्बेन्डाजिम (बेभिष्टिन) ५०% डब्लु.पि. को १ ग्राम प्रति लिटर पानीमा घोली स्प्रेयर बाट नर्सरी ब्याड भिज्नेगरि छर्नुहोस्।
•    बेर्ना सारेको तरकारी बालीहरुमा रिङ्ग बनाई १०-१५ ग्राम युरिया प्रति बोटको दरले टपड्रेस गर्नुहोस्।
•    गोलभेँडामा डढुवाको प्रकोप कम छ भने मेन्कोजेव ७५% डब्लु.पि २.५ ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रेगर्ने र बढि छ भने क्रिलाक्सिल एम.जेड. ७२% डब्लु.पि. को धुलो २ ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुहोस्। 

•    लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटक सम्म छर्केर उपचार गर्नुहोस्।  

अन्य
•    तरकारी बाली काट्ने र फलहरु टिप्ने अवस्थामा रोग तथा कीराहरु लागेमा यिनीहरुबाट आर्थिक क्षती थोरै हुने भएकोले बिषादी प्रयो गन गर्नुहोस्।यो अवस्थामा विषादी प्रयोग गरेमा बिषादीको अवशेष बालीमा रहनगई मानव स्वास्थ्य तथा वातावरणमा नकारात्मक असर पुग्दछ।
•    तापक्रम घट्ने क्रम जारी भएकोले मौरी घारलाई चारै तिरबाट प्लाष्टिक वा जुटको बोराले बेरेर राख्नुहोस्। साथै घारको नियमित निरीक्षण गरी मौरीलाई खानेकुराकमछ भने आवश्यकता अनुसार चिनी चास्नी बनाएर खुवाउनुहोस्।
लाही कीरा (एफीड) 
•    तापक्रम हुँदा लाही कीराको प्रकोप बढ्दै जाने हुनाले करेसाबारी र कौसी खेतीगर्दाव्यवस्थापनका लागि एक भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर रातभरि राखि लाही लागेको ठाँउमा भिज्नेगरिभोलीपल्ट छर्कनुहोस् वा खरानीको धूलो लाही कीरालागेको ठाँउमा बिहानीपख छर्कनुहोस्। प्रकोप ज्यादा भएमा डाइमेथोएट ३०% ई.सी., १.५ एम.एल. प्रति लिटरको दरले पानीमा मिसाई लाही लागेको ठाँउमा भिज्नेगरि छर्कनुहोस्।

स्रोत : नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रद्वारा जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा जारी

Leave a Reply

Your email address will not be published.