भारतबाट ल्याउदै गरेको ५ क्विन्टल बोईलर कुखुरा कपिवलवस्तुमा नष्ट


कपिलवस्तु| कपिलवस्तु प्रहरीले बिहिबार राती जिल्लाको शुद्धोधन गाँउपालिका ५ हथिहवामा भारतबाट भंसार छली ल्याउदै गरेको अवस्थामा ५ क्विन्टल बोईलर कुखुरा बरामद गरेको छ । भारतबाट भंसार छली ९ वटा साईकलमा ल्याउदै गरेको अवस्थाको १ सय ७० गोटा वोईलर जातको कुखुरा बरामद गरेको थियो । बरामद कुखुरा र साईकल अन्दाजी १ लाख ९३ हजार मुल्यको रहेको प्रहरीको अनुमान छ ।

बरामद गरिएको कुखुरा सरोकारवाला कार्यालय र सञ्चारकर्मीको रोहवरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु परिसरमा खाल्टोमा हाली नष्ट गरिएको छ । बरामद साईकल सुठौली भंसार कार्यालयमा पठाउने प्रहरीको तयारी छ । भारतमा बर्डफ्लु रोगको संक्रमण देखिएका बेला भारतबाट आउने कुखुराजन्य पदार्थलाई नेपाल भित्रिन नदिन थप कडाई गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.