विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा

परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ । नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरुवात गरेका छन् । गधा कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने काममा प्रयोग गरिन्छ […]

पुरा पढ्नुहोस्

अबकाशको दश दिनमै बरिष्ठ पशुचिकित्सक आचार्यको निधन

पशु सेवा तालिमकेन्द्र नेपालगन्ज बाँकेमा कार्यरत भै हाल सालै स्व ऐच्छिक अबकाश लिनु भएका बरिस्ठ पशुचिकित्सक डा. टेकनाथ आचार्यको निधन भएको छ । केहि समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि डा. आचार्यले स्व ऐच्छिक अबकाश लिनुभएको थियो । गए राती उहाँको निधन भएको खवर कुखुरा विकास फर्म खजुराका प्रवन्धक डा. शकर न्यौपानेले दिनुभएको छ । सरल स्वभाव […]

पुरा पढ्नुहोस्

बाख्रापालनको हब बन्दै डडेल्धुराको मलासक्षेत्र

महेन्द्रनगर : बझाङको बुङ्गलबाट २०४० सालतिर डडेल्धुराको पर्शुराम नगरपालिका–७ मलासक्षेत्र सर्नुभएका पिरुलाल धामीको आयआर्जनको प्रमुख स्रोत भनेकै बाख्रापालन हो। जोगबुढाको भित्रीमधेस क्षेत्रमा पर्ने मलास क्षेत्रका डेढ दर्जनभन्दा बढी विकट बस्तीमा रहेका बासिन्दाको मुख्य आय आर्जनको स्रोत पनि बाख्रापालन नै रहेको छ। कञ्चनपुरसित सिमाना जोडिएको चुरेका क्षेत्रको पीपलकोटका प्रायः हरेक स्थानीयवासीका घरमा बाख्रापालन गरिन्छ। आठ दशकभन्दा […]

पुरा पढ्नुहोस्

बर्डफ्लू नियन्त्रणवाहिर : समयमै पोल्ट्री लकडाउन विकल्प

काडमाडौं । कुखुराको संक्रामक रोग बर्डफ्लू नियन्त्रणवाहिर गएको सरकारी अधिकारीले बताएका छन् । संक्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले आज काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा पशु सेवा विभागका महानिर्देश डा .रामनन्दन तिवारीले बर्डफ्लू संक्रमण नियन्त्रणबाहिर गएको बताए । उनका अनुसार, गत माघदेखि प्रदेश १, […]

पुरा पढ्नुहोस्

बंगुर पालक किसानको संख्या बढ्दै

झापा : विगतमा बंगुर पालक किसान कमै भेटिन्थे । तर, पछिल्लो समय बंगुर पालक किसानको संख्या बढ्दै छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत केरखा आसपासमा त बंगुर पालन मात्र हैन यसलाई बजारीकरण गर्न होटलसमे खुलेका छन् । संघीयतापछि प्रदेश र स्थानीय सरकारले अनुदानको कार्यक्रम दिन थालेपछि पनि बंगुर पालक किसान बढेका छन् । यस्तै, कोरोना महामारीले विभिन्न […]

पुरा पढ्नुहोस्

ब्लु क्रस भेटेरिनरी क्लिनिकद्धारा तालिम प्रदान

घोराहि : घोराहि दाङमा रहेको ब्लु क्रस भेटेरिनरी क्लिनिक तथा बहुउदेश्यीय तालिम तथा परामर्श केन्द्रले पशुपालन व्यवस्थापन सम्बन्धि एक दिने तालिम प्रदान गरेको छ । न्यु होप एग्रो विजनेश प्रा.लिको सहकार्यमा केन्द्रले तालिम प्रदान गरेको हो । केन्द्रका डा. बेद बहादुर केसी, न्यु होप एग्रो विजनेसका डा. सुमन लगाएतले व्यवसायिक किसानहरुलाई तालिम प्रदान गरेका थिए […]

पुरा पढ्नुहोस्

सरकारद्वारा बर्ड फ्लू नियमावली कार्यान्वयन

सरकारले बर्ड फ्लू नियन्त्रण नियमावली २०७८ कार्यान्वयनमा ल्याएको छ । उक्त नियमावलीअनुसार बर्ड फ्लू रोकथाम तथा नियन्त्रण गर्नका लागि प्राविधिक कार्य गर्न पशु सेवा विभागका महानिर्देशकको संयोजकत्वमा सरोकारवालाको सहभागिता रहनेगरी बर्ड फ्लू नियन्त्रण समन्वय समिति गठन हुने भएको छ । नियमावलीमा नमुना सङकलन, परीक्षण तथा निगरानी, बर्ड फ्लू प्रभावित क्षेत्रको घोषणा, सघन निगरानी क्षेत्रको घोषणा, […]

पुरा पढ्नुहोस्

बाँकेमा अबैध ब्रोईलर कुखुरा तस्करी बढ्दो

प्रदिप राजवंशि, नेपालगन्ज : अबैध नाका भएर कुखुराको तस्करी फेरी बढेको छ । खुला नाकाको फाइदा उठाउँदै तस्करहरुले भारतबाट ब्रोइलर कुखुरा दिनहुँ नेपाल भित्राउन थालेका हुन । आइतरबार मात्र नेपालगन्जमा सरोकारजवालाहरु बैठक बसी तस्करी रोक्न प्रतिवद्धता जनाएको भोलिपल्ट आज सोमबार जानकि गाउँपालीका वडा नं। २ नेवाजीगांउ नजिक बाट ३ सय कुखुराहरु बरामत गरिएको हो । […]

पुरा पढ्नुहोस्

छेडागाडमा बाख्रा ब्लक स्रोत केन्द्र स्थापना

जाजरकोट : छेडागाड नगरपालिका–५ मा बाख्रा ब्लक स्रोत केन्द्र स्थापना भएको छ । समाज सुधार कृषि सहकारी संस्थाको आयोजना र पशु अस्पताल तथा पशु सेवा कार्यालयको आर्थिक सहयोगमा बाख्रा ब्लक स्रोत केन्द्र स्थापना गरिएको हो । संघीय सरकारबाट प्राप्त ३० लाख बजेट पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाख्रा ब्लक स्थापना गर्न छेडागाड– ५ मा […]

पुरा पढ्नुहोस्

बर्दघाट व्यावसायिक बंगुरपालनमा अब्बल हुँदै

नवलपरासी पश्चिम–बर्दघाट नगर क्षेत्र व्यावसायिक बंगुरपालनमा अब्बल हुँदै गएको छ । निर्वाहमुखी बंगुरपालन गर्दै आएका यहाँका किसान अचेल व्यावसायिक बन्दै गएका हुन् ।  बंगुरका पाठापाठीबाट बिक्रीबाट छिटो आम्दानी हुने र बिक्री नभएका पाठापाठी हुर्काएपछि मासुका लागि बिक्री गर्न सकिने भएपछि यहाँका किसान बंगुरपालनमा आकर्षित भएका हुन् ।  बर्दघाट नगर क्षेत्रमा हाल ५ वटा माउदेखि २ […]

पुरा पढ्नुहोस्